Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
विद्यार्थीलाई छात्रवृत्ति वितरण

कपिल ज्ञवाली   बुटवल, ११ साउन,  यातायात क्षेत्रका व्यवसायी तथा मजदुरहरुका असहाय गरिव तथा जेहेन्दार छोराछोरीहरुलाई प्रदान गर्ने उद्देश्यकासाथ पश्चिमाञ्चल यातायात व्यवसायी समिति, बुटवलद्वारा स्थापित गरिव जेहेन्दार छात्रबृति एक कार्यक्रमकाबीच वितरण गरिएको छ ।
  यातायात ब्यवसायी तथा मजदुरहरुका छोराछोरी एवं असहाय समुदायलाई लक्षीत गरी स्थापना गरीएको गरीव तथा जेहेन्दार छात्रबृति अक्षयकोषको सातौं संस्करणका रुपमा शुक्रवार लुम्बिनी अञ्चलका ६ जिल्लाका सामुदायीक बिद्यालयमा अध्ययनरत २२ जनालाई कुल ७२ हजार छात्रबृति रकम बितरण गरिएको हो । शुक्रवार समितिको कार्यालयमा आयोजित एक कार्यक्रममा नेपाल ट्रक व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष अर्जुन रानाभाट, जिल्ला शिक्षा कार्यालय, रुपन्देहीका उपसचिव उत्तरकुमार पराजुली तथा समितिका अध्यक्ष गणेशप्रसाद पन्थले छात्रवृति वितरण गर्नु भएको थियो ।

छात्रवृतिबाट कल्याणी प्रा.बि. केराबारी पाल्पाकी सम्झना गुरुड्ड (कक्षा २), प्रगती प्रा.बि. शंकरनगर रुपन्देहीका सन्दिप परीयार (कक्षा २), सल्लेरी प्रा.बि. छहरा पाल्पाकी अनिसा के.शी.(कक्षा ३), जनजागृत नि.मा.बि. सुनवल तरगौली नवलपरासीका चुडामणी पौडेल (कक्षा ४), केरवानी उच्च मा.बि.केरवानी रुपन्देहीकी बुनु गौतम (कक्षा ५), शिद्देश्वरी उच्च मा.बि.बुटवल रुपन्देहीका मुस्कान खत्री (कक्षा ५), मेदिनी प्रा.बि. आनन्दबन रुपन्देहीकी शुष्मा चौधरी (कक्षा ५), जनता माध्यमीक बिद्यालय देवदहका सुमन काफ्ले (कक्षा ६), ठुटी पिपल उच्च मा.बि.पडसरी रुपन्देहीका अभिषेक गुरुड्ड (कक्षा ७), जनता निम्न माध्यामीक बिद्यालय चिल्हिया रुपन्देहीका अभिषेक कुमार चाई (कक्षा ७), जनता माध्यामीक बिद्यालय बुटवल १० रामनगरका यनिषा गुरुड्ड (कक्षा ७), जिवन ज्योती उच्च मा.बि.कावासोती नवलपरासीकी सुरक्षा नेपाली (कक्षा ७), तिलोत्तमा माध्यमीक बिद्यालय दोभान ५,पाल्पाकी प्रतिभा घिमिरे (कक्ष्ाँ ८), तिलोत्तमा माध्यमीक बिद्यालय दोभान—५,पाल्पाकी सुष्मीता बि.क (कक्षा ८), पञ्चज्योती नि.मा.बि अमरापुरी नवलपरासीकी पुनम पौडेल (कक्षा २), सीता माध्यमिक बिद्यालय देवदह चरड्डेका सुभाष बि.क. (कक्षा ९), पवन उच्च मा.बि.परासी नवलपरासीकी ललिता कुमारी चौधरी (कक्षा ९), कालिका नि.मा.बि.,पर्रोहा रुपन्देहीकी रामकृष्णी थारु (कक्षा १०), पश्चिम पर्रोहा नि.मा.बि. पर्रोहा रुपन्देहीकी निशा थापा (कक्षा १०), जनप्रिय मा.बि.देवदह रुपन्देहीका सिसम ज्ञवाली (कक्षा १०), रिडी उच्च मा.बि. रिडी गुल्मीका अनिल राई (कक्षा ७) र गौतम प्रा.बि. किमडाडा ७ अर्घाखा“चीका देव बहादुर सुनार (कक्षा ४) सम्मानित भएका छन् । समितिका अध्यक्ष गणेश प्रसाद पन्थको अध्यक्षता, सचिव गुप्त बहादुर केसी राजुको स्वागत तथा कार्यालय प्रमुख बाबुराम अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रयि अध्यक्ष अर्जुन रानाभाटले कुनै पनि व्यवसायीक संस्थाको विकासका लागि अनुसासनको निकै महत्व हुने हुदा त्यसमा कटिवद्ध हुन आग्रह गर्नु भयो । उहाले व्यवसायको हकहितका लागि राज्यसंगको लडाईमा एक जुट भएर लाग्नु पर्ने सुझाव दिनु भयो । कार्यक्रममा नेपाल ट्रक व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष विष्णु नयौपाने, समितिका सल्लाहाकार रामेश्वर श्रेष्ठ, जिल्ला शिक्षा कार्यालय, रुपन्देहीका उपसचिव उत्तरकुमार पराजुली, इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख राजकुमार वैदवार, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधि खरेल, गुप्त बहादुर केसी लगायत बोल्नु भएको थियो । समितिका तत्कालिन अध्यक्ष अर्जुन रानाभाट र कोषाध्यक्ष लालबहादुर श्रेष्ठले आफुले पाउनु भएको भत्ता रकम जम्मा गरि २०६३ सालमा स्थापीत उक्त छात्रबृति अक्षयकोषले शैक्षीक शत्र २०६४ सालबाट विद्यालय स्तरमा छात्रबृति रकम प्रदान गर्दै आएको हो । स्थापना कालको पु“जिगत रकम रु. २,००,०००÷– र समितिको तर्फबाट थप गरीएको रु.५००,०००÷– तथा पूर्व महासचिव एवं वर्तमान अध्यक्ष गणेश प्रसाद पन्थबाट थप रु.५८,०००÷– गरी जम्मा रु. ७,५८,०००÷– को ब्याजबाट गत वर्ष २० जना छात्र छात्राहरुलाई छात्रबृति वितरण गरीएको थियो भने यो वर्ष छात्र छात्रा संख्या थप र जिल्ला समेत बृद्धि गरी २२ जना छात्र छात्राहरुलाई वितरण गरिएको हो ।

समितिले सो छात्रबृतिलाई व्यवस्थित गर्नका लागि “पश्चिमाञ्चल यातायात ब्यवसायी समिति गरीव तथा जेहेन्दार छात्रबृति अक्षयकोष नियमावली–२०७०” तयार गरी जिल्ला प्रसासन कार्यालयमा दर्ता गरेको जनाएको छ ।

0 comments

तपाईंको प्रतिकृया