रुपन्देहीका यौनिक तथा लैंगिक अल्पसंख्यकहरुद्वारा उम्मेदवार घोषणा
कपिल ज्ञवाली बुटवल,११ साउन। यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले संविधान सभा निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका छन ।शुक्रवार बुटवलमा पत्रकार सम्मेलन गर्दै उनीहरुले रुपन्देहीबाट ३ जना सहित देशभरबाट ६१ जना उम्मेदवारको तय भएको जनाएका छन । निल हिरा समाज, केयर एण्ड सपोर्ट रुपन्देहीले यौनिक तथा लैङ्गििक अल्पसंख्यक समुदायका लागि राजनैतिक र सञ्चार सशक्तिकरण कार्यक्रम विषयक प्रेस मिट गर्दै सविधान सभामा आफूहरुको प्रतिनिधित्व गराउन दलहरुको ध्यानाकर्षण गराए । कार्यक्रममा वोल्दै तेस्रो लिङगी आनिक रानाले दलहरुले अबसर दिनुपर्नेमा जोड दिइन । उनले आफूहरुका समस्या समाधान गर्न तथा आफूहरुको हितमा संविधान वनाउन पनि संविधान सभामा उपस्थीत अनिवार्य भएको बताउनुभयो ।
मुलुकमा ४ लाख भन्दा बढी यौनिक तथा लैंगिक अल्पसंख्यकहरु रहेको निलहिरा समाजका आनिक रानाले बताइृन् । विगतको. तुलनामा अहिले धेरै तेसोलिङगीहरु समाजमा खुलेर आएको भन्दै अब आफुहरु हरेक राजनितिक दल तथा समाजिक क्रियाकलापमा सक्रिय हुने उनिहरुको धारण छ । गत संविधान सभामा एकजना मात्र उनिहरुको समुदायबाट संविधान भिामा प्रतिनिधित्व थियो भने यस पटक त्यो भन्दा वढि सहभागिता जरुरी रहेको उनिहरुको दावी छ । जातिय तथा क्षेत्रिय पार्टिहरु खोलने लहर चलिरहेको बेला उनिहरु भने तत्काल राजनितिक पार्टि खुल्नु भन्दा अरु राष्ट्रिय पार्टिसंगै मिलेर चुनावमा जाने रणनितिमा छन् । आफ्नो पहिचान लुकाएर बस्नु परेको भन्दै उनिहरुले अब आफ्नो पहिचान खुलाएर नागरिकता,राहदानी,जग्गाधनी पुर्जा बनाउने अभियानमा रहेको पनि बताए । रुपन्देही जिल्लामा मात्रै ६ हजार देखि ९ हजारसम्म यौनिक तथा लैगिक अल्पसंख्यकहरु रहेको भन्दै सो समुदायकी अगुवा रानाले अब आफुहरु पहिचानको लडाईमा उत्रिने बताउनुभयो ।
उनिहरु सहित रुपन्देही जिल्लाबाट सन्तु पुन र रोजिन गुरुङ संविधान सभाका उमेदवार बनेका छन् । उनिहरु तिनै जना तेस्रो लिङगी महिला हुन् । जो कोहि पनि चाहेर तेस्रो लिङगी नभएको भन्दै उनिहरुले आफुहरु पनि समाजको विकास निमार्णमा आफ्नो क्षमता अनुशारको योगदान गर्न तयार रहेको बताए । आफुहरुमा क्षमता र प्रतिभा हुदा हुदै पनि हरेक खालका अवसरबाट बञ्चीत हुन परिरहेको अवस्थामा राजनितिक दलहरुले आफुहरुलाई विषेश आरक्षण दिएरु राजनितिक रुपमा अघि बढाउनु पर्ने माग गरेका छन् । देशव्यापी रुपमा हरेक राजनितिक दलका पार्टि कार्यालयमा पुगेर आफुहरुको अधिकारका लागि विशेष आरक्षणको माग उनिहरुले गर्ने बताए ।

0 comments
तपाईंको प्रतिकृया