करदाता शिक्षाले राजश्व संकलनमा बृद्धी
कपिल ज्ञवाली बुटवल १३ साउन, करदाता शिक्षा प्रभाबकारि बन्दै गएपछि राजश्व संकलनमा बृद्धि भएको छ । सरकारले शहर देखि ग्रामिण स्तरमा पनि करदाता शिक्षाको बारेमा शिक्षा प्रदान गर्न थालेपछि करदाताको संख्यामा बृद्धि भएको देखिन्छ ।नेपाल सरकारको अर्थ मन्त्रालय मार्फत्को आन्तरिक राजश्व कार्यालयले तोकेकोे समयतालिका अनुसार असोज मसान्तभित्र कर बुझाउनुपर्ने प्राबधान छ । करदाता आजकल सचेत बनेकाले पहिलाको तुलनामा कर बुझाउन मानिसहरु सहजै रुपमा आउने आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख कर अधिकृत सुरेश कुमार रेग्मीले बताए ।‘कर तिर्नेहरुको संख्या बढ्दो छ ’प्रमुख अधिकृत रेग्मी भन्छन् —‘पछिल्लो केहिबर्ष यता शहर बजार संगै गाउका मानिसहरुमा पनि कर तिर्ने बानीको बिकास भएको छ ।’ बुटवलमा रहेका धेरै जसोले घरबहाल कर पनि तिरेको उनको भनाई छ । यद्यपी राज्यले उचित समयमा अनुगमन गर्न नसक्दा बर्षेनी लाखौं रकम गुमिरहेको उनको भनाइ छ ।
बहालकर तिर्नेहरुको संख्यापनि केहि बर्ष देखि क्रमश बढ्दै गएको छ । करदाताको शिक्षाको प्रभाबकारिताका कारण नै आन्तरिक राजश्व कार्यालय बुटवलले १ सय १ दशमलब ०४ प्रतिशत राजश्व संकलन प्रगति गरेको छ । आर्थिक बर्षको २०६९÷२०७० मा कार्यालयले १ अरब ५२ करोड ९५ लाख ६९ हजार राजश्व संकलन गरेको हो । कार्यालयको लक्ष्य भने १ करोड ५० करोड ९६ लाख ६४ हजार रहेको थियो । कार्यालयले यो अबधिमा आयकर तर्फ ४८ करोड ९३ लाख ७८ हजार ६ सय २४, बहालकरमा ३ करोड ४१ लाख ५० हजार , त्यस्तै ब्याजकर १० करोड १० लाख ६३ हजार ७ सय ६८ संकलन गर्न सफल भएको छ । कार्यालयले मुल्य अभिबृद्धि कर (भ्याट) आन्तरिकमा ३३ करोड, ३५ लाख १२ हजार ५ सय ३८,अन्तःशुल्क आन्तरिकमा ५६ करोड ४५ लाख ७५ हजार संकलन भएको छ भने शिक्षा शुल्कमा ६७ लाख ५२ हजार ४ सय ४ रुपैंया संकलन भएको कार्यालयका प्रमुख सुरेश कमार रेग्मीले जानकारी दिए ।
बिगत ४ बर्षदेखि बुटवल १२ कालिकानगरबाट सेवा शुरु गरेको कार्यालयले रुपन्देही, नवलपरासीको आधा क्षेत्र तथा गुल्मी र पाल्पा जिल्लाका सबै क्षेत्र हेर्दै आईरहेको छ । रेग्मीले आब २०७०÷७१ का लागि राजश्व बिभागले २४ प्रतिशत राजश्व बढि उठाउन निर्देशन दिएको बताए । कार्यालयले चालु आर्थिक बर्षको लागि १ अरब ८७ करोड ४४ लाख ६८ हजार राजश्व संकलनको लक्ष्य लिएको छ ।यो अंक हेर्दा गत आब भन्दा चालु आबमा कार्यालयले २४ प्रतिशत राजश्व बढि उठाउनुपर्नेछ । नंया आर्थिक बर्षको कारोबारको साउनदेखि शुल्क बुझाउने व्यबस्था शुरु भएको छ । कार्यालयले साना करदाता (देबान ) र ठूला करदाताबाट कर दिने गर्दछ । बुटवल नगरपालिकामा मात्रै झन्डै २८ हजार घरधुरीहरु छन् ।
जसमा ब्यपारीक प्रयोजन र घरभाडामा लगाउने घरहरु आधाभन्दा बढि नै छन् । नगरपालिकाले स्थानिय स्वायत्त शासन ऐन २०५५ अनुसार २ प्रतिशत बहाल कर उठाउने गरेको छ भने आन्तरिक राजस्व कार्यालयले आयकर ऐन २०५८ अनुसार १० प्रतिशत बहाल कर उठाउदै आएको छ । पछिल्लो समयमा सरकारले समेत बहाल कर असुली सम्बन्धी निर्देशिका ल्याएपछि स्थानिय निकायहरुले बहाल कर उठाउने अभियानलाई तिव्रता दिएका हुन । कतिपय घरधनीहरुले भने दोहोरो करका कारण आफुहरु मर्कामा परेको गुनासो पनि गर्छन । बुटवल शहरमा बहाल कर ब्यवासयिहरुले नै तिनुपर्ने भएकाले दोहोरो करको मारमा ब्यवसायिहरु परेका छन् । राजमार्ग चौराहाका घरधनी ऋषि ज्ञवालीले दोहोरो करको मारमा परेको बताए । कर असुल्नका लागि रुपन्देहीमा राजश्व अनुसन्धान सहित ३ वटा कार्यालय छन् । पाल्पामा भने करदाता सेवा कार्यालयले समन्वय गरेको छ ।
रुपन्देही जिल्लामा बेलाबेलामा हुने अनुगमनका लागि बुटवल उद्योग बाणिज्य संघ,कोष तथा लेखा नियन्त्रक कार्यायल सहयोग पु¥याउने गरेका छन् । करदाताले मुल्य अभिबृद्धि कर प्रत्येक महिनाको २५ गते भित्र बुझाउनुपर्दछ । प्रत्येक बर्ष करदाता बढ्दै गएका छन् । आन्तरिक कार्यालय अन्तर्गत २४ हजार २ सय ७८ करदाता छन् । भ्याटमा पनि दर्ता हुनेको संख्या ४ हजार ४६ रहेको कर अधिकृत हरि बस्यालले बताए ।

0 comments
तपाईंको प्रतिकृया