Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
जनस्वास्थ्यमा आन्दोलन प्रशासन मौन


नरेश के सी   भैरहवा १९ असार,  जनतासंग प्रत्यक्ष सरोकार राख्ने जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीमा कर्मचारीहरुको आन्दोलन कारण त्यहाको सेवा ठप्प छ ।

आन्दोलनकै कारण जनस्वास्थ्यको सेवा प्रभावित भएको छ तर निकायले यस तर्फ कुनै चासो नदिएको सरोकारवालाले आरोप लगाएका छन् । सोही कार्यलयमा कार्यरत महिला कर्मचारी मोहन तारा पछाइलाई कार्यलय प्रमुख महेश्वर श्रेष्ठले यौनहिंसा गरेको विरोधमा कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । यौन हिंसाको आरोप लागेका प्रमुख श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयले तानेर एकहप्ता राखेता पनि पुनः जिल्ला पठाएपछि कर्मचारी आन्दोलित भई धर्ना र तालाबन्दिमा उत्रिएको अखिल नेपाल जनस्वास्थयकर्मी संघका जिल्ला अध्यक्ष दीपक ज्ञवालीले बताए ।

यसै घटनाको सम्बन्धमा प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यलयको तर्फबाट खटिएको केसब बास्तोलाको संयोजकत्वमा गठीत छानविन समितीले दिएको प्रतिवेदनलाई मन्त्रालयले गुपचुप राख्दा झन समस्या निम्तिएको बुझिएको छ । स्रोतका अनुसार छानविन समितीले कार्यलय प्रमुख श्रेष्ठ प्राराम्भिक रुपमा दोषी देखिएकोले तत्काल निलम्बन गनुपर्ने र दुबैलाई रुपन्देहीमा राख्न नहुन प्रतिवेदन पेस गरेको छ । त्यसै प्रतिवेदनको आधारमा प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यलयको जेठ ३१ गतेको निर्णय अनुसार जिल्लाका सबै कार्यलाई सचेत गराउदै कार्ययोजना कार्यन्वयन गराउन निर्देशनात्मक पत्र पनि पठाएको छ । तर प्रतिवेदन र निर्देशनात्मक पत्र कार्यन्वयन नभएकोमा सरोकारवाला चिन्तीत भएका छन् । “प्रधानन्त्रिको कार्यलयको मिति २०७० असार ४ गते चलानी नम्बर ८६८ को पत्र अनुसार सचिव, आयोग, मन्त्रालय केन्द्र र कार्यलयलाई जिल्ला जनस्वास्थय कार्यलयमा भएको यौन हिंसाको घटनाको सम्बन्धमा सबैलाई सचेत गराउदै पत्र कार्यन्वयन गर्न निर्देशन दिएको छ ।

तर सो पत्रलाई माथिल्लो तहमा मन्त्रालय, विभाग र स्थानिय तहमा जिल्ला प्रसासनले लागु गर्नुपर्नेमा त्यसो नगरी मन्त्रालय, विभाग र प्रसासनले यौन दुराचारी श्रेष्ठलाई संरक्षण गरेकोमा आन्दोलित हुन बाध्य भएका हौ” आन्दोलनको नेतृत्व गरिरहेका नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष शोभाकान्त नेपालले जनाए । यता जिल्ला प्रसासनलाई जनस्वास्थयको सम्बन्धमा प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यलयबाट कुनैपनि किसीमको निर्देशन तथा आदेश नआएको प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थिले बताए । जिल्लामा लामो समयदेखी आन्दोलन चलिरहदा प्रसासन रमिते बनेको आन्दोलनकारीले आरोप लगाएकाछन् । आन्दोलनकारीहरुले जनस्वास्थय कार्यलयको मुल द्धारमा टेन्ट लगाएर दैनिक रुपमा प्रमुख विरुद्ध नाराबाजी गर्दै आएका छन भने मुलद्धारमा प्रमुखको यौन दुराचारको पर्दाफास गरौं, भ्रष्ट र यौन दुराचारी हाकीमलाई कारबाहि गरौं जस्ता विरोधका नारा लेखिएका व्यानर लगाईएको छ । दैनिक स्वास्थय संग सरोकारीतहरुको भीड हुनुपर्ने जिल्ला जनस्वास्थयमा अहिले प्रहरी र आन्दोलनकारीको भीड देखिन्छ । काम प्रभावित हुदा असारको महिना क्लोजिंगको समयमा कामको हतारो उक्त कार्यलयमा अहिले कर्मचारी देखिदैनन् ।

प्रमुख श्रेष्ठ भने यौन आरोपबाट चोख्याउन निकायहरुमा दौडधुप गर्नैमा व्यस्त छन् । यसैबीच महेश्वर श्रेष्ठलाई कारबाहि गनुपर्ने माग गर्दै एमाओवादी जिल्ला समितीले विज्ञप्ती नै जारी गरेको छ । पार्टिका जिल्ला संयोजक माधव शर्माले यौन हिंसाका आरोपीत कार्यलय प्रमुख श्रेष्ठलाई तुरुन्त कारबाहि गर्न निकायसंग माग गरेका छन् । यता जनस्वाथ्यको यौनहिंसा सम्बन्धि घटनामा राजनीतिक चेष्टा पनि प्रयोग भएको बुझिएको छ । कार्यलय प्रमुख श्रेष्ठलाई कारबाहि गर्न एमाओवादीको जिल्ला समितीले संस्थागत रुपमै बैठकबाट निर्णय गर्दै सो लागी निकायलाई दबाब दिईरहेको छ भने नेपाली कांग्रेसको युवा संगठन तरुण दलले श्रेष्ठलाई चोख्याउन संस्थागत रुपमै दबाब दिइरहेका छन् । यसरी एउटा कार्यलयको घटनामा पार्टिहरु नै खुलेर पक्ष विपक्षमा लाग्दा मन्त्रालय देखी स्थानिय तहसम्मका निकायलाई काम गर्न गाह्रो भएको एक अधिकारीले जनाए ।

0 comments

तपाईंको प्रतिकृया