३ करोड धरौटी रकम बुझाउन नसकेपछि गुण्डा नाइके गणेश लामा जेल चलान
काठमाडौं ३ श्रावण। अवैध रुपमा अकूत सम्पत्ति आर्जन गरेको आरोप लागेका गुण्डा नाइके गणेश लामासँग विशेष अदालतले ३ करोड धरौटी माग गरेको छ ।सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेपछि फरार रहँदै आएका लामा हिजो आफै अदालतमा हाजिर भएका थिए । लामाको मुद्दाको प्रारम्भिक सुनुवाईपछि आज विशेष अदालतले ३ करोड धरौटी माग्ने आदेश दिएको हो ।
विशेष अदालतका अध्यक्ष केदारप्रसाद चालिसे तथा सदस्यद्वय मोहनरमण भट्टराई र भुपेन्द्रप्रसाद राईको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । अदालतले मागको धरौटी रकम बुझाउन नसकेपछि लामालाई डिल्लीबजार सदरखोर चलान गरिएको छ ।
लामा विरुद्ध २७ करोड अवैध सम्पत्ति आर्जन गरेको आरोप लागेको छ । विभागले लामासहित पाँच जना गुण्डा नाइके विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेकोमा पर्शुराम बस्नेत यसअघि नै धरौटीमा रिहा भईसकेका छन् भने अन्य तीन जना अझै फरार छन् ।

0 comments
तपाईंको प्रतिकृया