Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
चुनाब भाडन केही तत्व लागी परेका छन : प्रचण्ड

काठमाण्डौ २ साउन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभाको चुनाव भाँडन केही तत्व लागिपरेको आरोप लगाउनु भएको छ । पार्टी कार्यालय पेरिसडांडांमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एकीकृत माओवादीले चुनाव जित्ने डरले केही तत्व चुनाव भांड्न लागिपरेको आरोप लगाउनु भएको हो। उहाँले आगामी चुनावमा एकीकृत माओवादी पहिलो हुने दाबी पनि गर्नुभयो। कार्यक्रममा नेकपा एमालेका पूर्व सांसद टंकप्रसाद पोखरेल लगाएतका एमाले नेता तथा कार्यकर्ता एकीकृत माओवादीमा प्रवेश गरेका गरेका थिए।@htv

0 comments

तपाईंको प्रतिकृया