Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
पाल्पामा पहिरोले घर भत्किदा तीन जनाको मृत्यु

पाल्पा ७ साउन । अविरल वर्षा पछि आएको पहिरोले घर भत्किदा पाल्पामा तीन जनाको मृत्यु भएको छ।

पाल्पाको खानीछाप गाविस वडा नम्वर सात आँमडाँडाका तिलवीर दर्लामीको घर भत्किदा उनका दुई छोराछोरीको मृत्यु भएको प्रहरीले जनाएको छ। घर भत्किएर तिलवीरकी १२ वर्षिया छोरी प्रेमकुमारी र ८ वर्षिय छोरा बिषणुको मृत्यु भएको हो। घर भत्किएर तिलवीर घाइते भएका छन्। त्यस्तै पाल्पाकै पिपलडाँडाका ५६ वर्षिय दुर्गाबहादुर सुनारीको पनि पहिरोले घर पुरिंदा मृत्यु भएको छ। घर भत्किएर उनका १२ वर्षिय छोरा छविलाल सुनारी घाइते छन्।

घाइतेहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। यसैवीच अविरल बर्षापछि आएको पहिरोले पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध भएको छ। त्यस्तै पाल्पा–गुल्मी सडकखण्ड समेत अवरुद्ध भएको छ।

0 comments

तपाईंको प्रतिकृया