पांच दिने उद्घोषण तालिम
कपिल ज्ञवाली बुटवल, साउन २ । नेपाल मगर महिला संघ, बुटवल नगर समिति,बुटवलले बुटवलमा संचालन गरेको पांच दिने उद्घोषण तालिम आज सकिएको छ । तालिमको आज एक कार्यक्रमबीच नेपाल मगर संघकी केन्द्रीय सदस्य मीना थापामगरले समापन गर्नुभएको हो ।उहांले सो अबसरमा बोल्दैं तालिममा सिकेका सीप व्यवहारमा उतारे मात्र तालिमको सार्थकता रहने बताउंनु भयो । मगर महिलाहरुको हकअधिकार प्राप्तिको लडाईमा यस्ता खाले तालिम सहयोगी हुंने पनि उहांले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्,रुपन्देहीका अध्यक्ष शन्तराम चौधरीले रेग्मी सरकारले लक्षित समुहको समिति गठन निर्देशिका र समन्वय समिति खारेजीको विरोधमा आदिवासी जनजाति जिल्ला समन्वय समिति लगायतले गरेको आन्दोलनलाई सफल पार्न लाग्नु पर्ने सबैमा अनुरोध गर्नुभयो ।
संघकी नगर अध्यक्ष ओमी पुनमगरको अध्यक्षता,सदस्य गौमाया थापाको संचालन,कोषाध्यक्ष माया गलामीको स्वागतमा भएको समापन कार्यक्रममा आदिवासी जनजाति पत्रकार मंच,रुपन्देहीका अध्यक्ष टेकबहादुर मास्कीराना,नेपाल मगर युवा संघका उपाध्यक्ष मिलन थापामगर,नेपाल मगर संघ,बुटवल नगर समिति,बुटवलका अध्यक्ष किशनबहादुर थापामगर लगायतले बोल्नु भएको थियो । तालिममा नेपाल मगर महिला संघ जिल्ला समिति,रुपन्देहीकी सचिव कुमारी थापामगरले सहजीकरण गर्नु भएको थियो ।

0 comments
तपाईंको प्रतिकृया