Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
लिबियाको अल क्वाफिया कारागारबाट १२ सय कैदी भागे

लिबियाको उत्तरी शहर बेन्गाजीस्थित अल क्वाफिया कारागारबाट १२ सय कैदी भागेका छन्। कारागारमा कैदीहरुबीच नै झडप भएपछि कैदी भागेका हुन्।

भाग्नेहरुमा धेरैजसो गम्भीर अभियोग लागेका कैदीहरु तथा शासक मोहम्मर गद्दाफीका समर्थक रहेका छन्। एक बरिष्ठ सुरक्षा अधिकारीका अनुसार कारागारभित्र हिंसात्मक झडप भएको र बाहिरबाट समेत आक्रमण भएको थियो। लिबियाका प्रधानमन्त्री अलि जेदानले आफ्नो क्षेत्रमा कारागार बनाएकोमा असन्तुष्ट शहरको दक्षणि क्षेत्रका बासिन्दाले कारागारमा आक्रमण गरेको बताएका छन्।

 बेन्गाजीका सुरक्षा प्रवत्ताले भाग्ने मध्ये केही कैदीलाई नियन्त्रणमा लिइएको र अरु पनि खोजी भइरहेको बताएका छन्।

0 comments

तपाईंको प्रतिकृया