दरबारलाई सग्राहलय बनाउनुपर्छ
माधब अर्याल पाल्पा २० असार । जिल्लाबाट राजधानी गएर विभिन्न पेसा, व्यवसाय गर्दै आएकाहरुले सरकार सञ्चालन गर्ने नेतृत्वलाई भेटेर जिल्लाको समग्र विकास निर्माणमा चासो देखाएका छन् ।काठमाडौंमा गठित पाल्पाली संगम र तानसेन गुठीले मन्त्री परिषद्का अध्यक्ष खिलराज रेग्मी, गृह तथा परराष्ट्रमन्त्री माधबप्रसाद घिमिरे, अर्थमन्त्री शंकरप्रसाद कोईराला र बरिष्ठ आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाललाई भेटेर शिक्षा, स्वास्थ्य, पयर्टन, कृषिलगायत विकास निर्माणसम्बन्धी २४ बु“दे मागपत्र पेस गरेका हुन् । अर्थमन्त्री कोइरालाबाहेक रेग्मी, घिमिरे र नेपाल पाल्पाली हुन् ।
आगामी बर्ष विनियोजन हुने बजेट, नीति तथा कार्यक्रममा जिल्लाको विकास निर्माणलाई प्राथमिकता दिन २४ बु“दालाई विस्तारित रुपमै जानकारी गराएको पाल्पाली संगमका महासचिव पदम न्यौपानेले बताए । उनले यसवर्ष पहिलो प्राथमिकतामा पार्नुपर्ने र बिस्तारै बजेट, नीति तथा कार्यक्रममा राख्नुपर्नेसमेत ध्यानाकर्षण गराइएको बताए । ऐतिहासिक दरबारलाई संरक्षण एवं संवद्र्धनकालागि अबदेखि कुनै पनि सरकारी÷गैरसरकारी कार्यालय नराखी २ सय वर्ष अगाडिको स्वरूपमा ल्याई संग्रहालयको रूपमा विकास गर्ने गरी सम्बोधन गर्न पहिलो प्राथमिकतामा माग गरेका छन् ।
दरबारलाई के गर्ने, नगर्ने भन्ने मन्त्रीपरिषद्ले निर्णय गर्नुपर्छ । संग्राहलयका रुपमा विकास गर्न सकियो भने जिल्लाको मात्र नभई समग्र लुम्बिनीको पर्यटन प्रवद्र्धनमा समेत मद्दत गर्ने ठहर उनीहरुले गरेका छन् । ‘विगतमा बस्दै आएका र पुनःनिर्माणपछि बस्ने तरखरमा रहेका सरकारी तथा अन्य कार्यालय आवश्यक भवन बनाएर सार्नुपर्छ’ संगम र गुठीले पेश गरेको मागमा रहेको छ, ‘यसो गर्न सके समग्र पर्यटनमा सहयोग पुग्छ ।’ दरबार आसपासमा जिल्ला प्रहरी कार्यालय, बालमन्दिर, नेपाल टेलिकम, नेपाल विद्यूत् प्राधिकरण कार्यालयलगायत छन् ।
ती कार्यालयलाई आवश्यक भवन बनाएर अन्यत्रै व्यवस्थागर्न सकिने अवस्था छ । उनीहरुले सदरमुकाम तानसेनलाई पुरानै स्वरूपमा परिणत गर्न यहा“का हरेक गल्लीहरूमा ढुंगा छाप्ने काम पुनः गरिनुपर्ने माग गरेका छन् । ‘विकास गर्ने नाममा पुरानो ढुंगा हटाई सिमेन्टेड गरिएको हुनाले यसको स्वरूप र ऐतिहासिकतासमेत मेटिएर तानसेनको चिनारी गुम्दै गएको छ’ उनीहरुले जोड दिएका छन्, ‘यसै वर्ष देखि तानसेनको टक्सारटोल वाट कार्यप्रारम्भ गरी तानसेनको परिचयको सम्वद्र्धनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ ।’

0 comments
तपाईंको प्रतिकृया