Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
रुपन्देहीका ग्यास विक्रेताहरु आन्दोलित

नरेश के सी  भैरहवा २१ असार ।  विदेशी मुलुकमा नभएको प्रचलन एल पी ग्यासमा नेपाल सरकारले अनावश्यक मुल्य अभिवृद्धि कर लगाएको, प्रतिफलमा असहजता पैदा गरिदिएको, होलोग्राम स्पिकरको समनता नभएको जस्ता विभिन्न ९ सुत्रिए माग राख्दै रुपन्देहीका ग्यास विक्रेताहरु शुक्रबारदेखी आन्दोलित भएका छन् ।

 संघका जिल्ला अध्यक्ष बसन्त गौचनको नेतृत्वमा जिल्लाका सयौं व्यवसायीको समुहले शुक्रबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थिलाई ज्ञापन पत्र बुझाउदै ग्यास व्यवसायीको माग तत्काल स्थानिय तहमा प्रसासनले , प्रसासन मार्फत राज्यले पुरा गर्न आग्रह गरेको संघका जिल्ला उपाध्यक्ष मधुप्रसाद उपाध्ययले जनाए ।

 आज २२ गते शनिवार संघले संघको सभाहलमा १ बजे अन्र्तक्रिया, २३ गते जिल्लाभरी मोटरसाइकल र्याली तथा ग्यास पसल र गाडीमा कालो झण्डा राख्ने सोही दिन दिउसो भैरहवामा कोणसभा गर्ने, २४ गते जिल्ला प्रसासनमा धर्ना, २५ गते आयल निगममा धर्ना र २८ गते सम्म पनि माग पुरा नभए अझ कडा आन्दोलन गर्ने कायृक्रम तय भएको ग्यास व्यवसायी उपाध्ययले जनाए ।

0 comments

तपाईंको प्रतिकृया