श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि सरकार प्रतिबद्ध : सञ्चारमन्त्री
काठमाण्डौ १९ असार । सञ्चारमन्त्री माधवप्रसाद पौडेलले सञ्चार प्रतिष्ठानहरुमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।न्यूनतम पारिश्रमिक निर्धारण समितिको प्रतिवेदन बुझ्दै सञ्चारमन्त्री पौडेलले ऐन कानुन सोकेसमा राख्ने चिज नभएकाले पत्रकार सम्बन्धि ऐन कानुन लागु गर्न पहल गर्ने बताउनुभयो। प्रतिवेदन बुझाउदै न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गोविन्द आचार्यले लामो समयदेखि श्रमजीवी पत्रकार ऐन कार्यान्वयन हुन नसकेकोले सरकारले नै विशेष पहल गर्नुपर्ने बताउनुभयो।
उहाले सबैजसो मिडिया हाउसमा पुगेरै ऐन कार्यान्वयनका लागि आग्रह गरिएको जानकारी दिनुभयो। ऐन कार्यान्वयनका लागि दवाबपूर्ण पहल आवश्यक रहेको उहाले जोड दिनुभयो।

0 comments
तपाईंको प्रतिकृया