Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
अनियमित बिद्युत कटौतिले बुुटवलबासी हैरानी

कपिल ज्ञवाली   साउन ९,बुटवल   बुटवल क्षेत्रमा नेपाल बिद्युत प्राधिकरणले सार्वजनिक गरेको लोडसेडिङ तालिका भन्दा बढि नै लोडसेडिङ हुने गरेको छ ।

उतिखेर लाईन जाने र आउने समस्याले उपभोक्ताहरु मर्कामा परेका छन् । बिद्युत अनियमित हुदा धेरैजसो बिद्युतिय उपकरणमा नोक्सानी पुग्ने गरेको छ । ग्रिड फिडर महाशाखा योगिकुटीमा रहेको ट्रान्सफर्मर जलेपछि त्यसको मर्मत नहुदा विद्युत अनियमित भएको हो । उक्त ट्रान्सफर्मर एक महिना अघि देखि नै मर्मतका लागि बाहिर पठाइएको ग्रिड शाखा बुटवलका प्रमुख राजेन्द्र मिश्रले बताउनुभयो । उहा“ले अहिले धान्दासम्म विद्युत वितरण गरेको बताउदै पूर्णरुपमा त्यसको कार्यान्वयन हुन एक महिना लाग्ने छ ।

ट्रान्सफर्मर मर्मत गर्न एक महिना लाग्ने भएकाले प्राधिकरणले तोके अनुसार विद्युत सेवा प्रवाह हुन अझै एक महिना लाग्ने बताइएको छ । विद्युत् प्राधिकरणले साउन १ गतेदेखि लागु हुने गरि लोडसेडिङ दैनिक सा“ढे तीन घन्टामा झारेको हो । तर, उपभोक्ताहरुले भने तालिका एउटा निकालेर अर्के समयमा विद्युत काटेकोमा आपत्ति जनाएका छन् । यता विद्युत प्राधिकरणका प्रमुख मुन्निलाल ठाकुरले अर्को ट्रान्सफर्मर ल्याइसकेको बताउदै स्थानीय ट्रान्सफर्मर राख्नका लागि ठाउ नदिएकाले समस्या दोहरिएको दावी गर्नुभयो ।

0 comments

तपाईंको प्रतिकृया