फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता असार मसान्तसम्ममा गरिसक्नु पर्ने
काठमाण्डौ २१ असार । निर्वाचन आयोगले आगामी संविधानसभा निर्वाचनका लागि असार मसान्तसम्ममा सबैले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गरिसक्नु पर्ने बताएको छ। आयोगले असार मसान्तसम्ममा पनि नाम दर्ता गर्न छुटे अर्को व्यवस्था नहुने पनि स्पष्ट पारेको छ। आगामी मंसिर ४ गतेका लागि तोकिएको निर्वाचन सम्पन्न गर्नका लागि आयोगले जनशक्ति व्यावस्थापन, मतदाता शिक्षा लगायतका विषयमा काम गरिरहेको आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिनुभयो।
पछिल्लो समय आचारसंहिताको मस्यौदामाथि छलफल गरिरहेको आयोगले भोलि नागरिक समाजसंग सुझाब लिंदै छ। आयोगले आगामी हप्ता आचारसंहिता जारी गर्ने तयारी गरेको छ।
0 comments
तपाईंको प्रतिकृया