पाल्पा दरबारको विवाद कायम
पाल्पाका साना राजनीतिक दलहरुले पाल्पा दरबारमा प्रशासनिक कार्यकक्ष नराख्ने पक्षमा रहेका छन् भने प्रमुख दलहरूले तीन वर्ष सम्म प्रशासनिक काम दरबारबाट सम्पादन गरी सरकारी कार्यालयको भवनको व्यवस्था गरी सार्ने पक्षमा विभाजित बन्दा पाल्पा दरबार अलपत्र बन्न सक्ने स्थानीयको गुनासो रहेको छ । जिल्ला प्रशासन कार्यालयमा जेठ १३ बसेको सर्वपक्षिय बैठकले पाल्पा दरबारमा तीन बर्षका लागि प्रशासनिक कार्यकक्ष राख्ने गरी सहमति जनाएका थिए । तर, जेठ १४ गते नै नेकपा एमाले, नेकपा–माओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा(एकीकृत) जनमुक्ति लगायतले दरबारमा संग्रालयको राख्नु उचित हुने गरी निर्णय परिर्वतन गरेकाले पाल्पा दरबार केही वर्ष अझै प्रयोगविहिन बन्ने भएको हो ।
ऐनकपा माओवादी, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातान्त्रिक पार्टी लगायतले तीन वर्षसम्म प्रशासनिक कक्षाको रूपमा कार्य सम्पादन गर्ने र सरकारी कार्यालयको भवन व्यवस्था गरी पाल्पा दरबारमा संग्रालय राख्ने पक्षमा उभिएका छन् । विस २०६४ सालदेखि निर्माण कार्य सुरु भएको पाल्पा दरबार विस २०७० जेष्ठ महिना अन्तिम सम्झौता अनुसार निर्माण कार्य समाप्त हुनुपर्ने थियो । तर साउन लाग्दा समेत निर्माण कार्य पुरा गरी हस्तान्तरण हुन सकेको छैन ।
राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष सोमकुमार कार्कीले पाल्पा दरबारका बारेमा पटक पटक बैठक बसियो तर, कुन चाहि निर्णय कार्यान्वयन गर्ने भन्ने विषयमा विवाद देखिएको बताउनुभयो । उहाँले भन्नुभयो–‘यसका बारेमा पटक पटक निर्णय हुने, पटक पटकका बैठकमा राजनीतिक दलमा पार्टीका प्रतिनिधिहरू परिर्वतन हुने प्रवृतिले गर्दा कुन निर्णय कार्यान्वयन गर्ने भन्ने विषयमा राजनीतिक दलहरू बीच समस्या देखिएको हो । एकीकृत नेकपा माओवादी पाल्पाका सह इन्चार्ज चक्रब्यू थापाले राजनीतिक दलहरूले निर्णय निरन्तर फेरिदा दरबारका बारेमा समस्या उत्पन्न भएको बताउनुभयो ।
उहाँले भन्नुभयो–‘जष्ठ १३ गतेका दिन सवपक्षिय बैठकले नै पाल्पा दरबारलाई तीन वर्षका लागि जिल्ला प्रशासन कार्यालय,जिल्ला विकास समिति र मालपोत कार्यालय राख्ने निर्णय हो । तीन वर्षपछि पाल्पा दरबारमा संग्रालय राख्ने भन्ने विषयमा राजनीतिक दलहरूबीच समेत सहमति भएको हो ।’ प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले पाल्पा दरबार पाल्पालीको सम्पत्ति भएकाले राजनीतिक दलको सहमति बेगर कार्यालय नसार्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘कार्यालय बाध्ययताका कारण कार्यालय सार्न खोजेका हौं । कार्यालय सार्ने रहर भने होएन ।’ ८ वर्षदेखि जिल्ला प्रशासन कार्यालयले नागरिकलाई सेवा टहरामुनिबाट दिदै आएको छ । झरीको बेला सरकारी कार्यालयका कागजपत्र नै जोगाउन नै समस्या भएको छ । नवनिर्मित पाल्पा दरबार पुरातात्विक रुपमा पुरै मापदण्ड अनुसार नभएको र झ्यालढोका पहिलोको भन्दा साना रहेको नेपाली कांग्रेसका महासमिति सदस्य राजेन्द्रगोपाल श्रेष्ठले बताउनुभयो ।
श्हरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय पाल्पाका इन्जिनियर दिपक श्रेष्ठले दरवारको निर्माण कार्य कार्यालय मैत्री नभएको बताउनुभयो । उहाँले भन्नुभयो –‘पाल्पा दरबारको संरचना पनि मिलेको छैन्, निर्माण कार्य पनि आधुनिक तरिकाले वलियो छैन्यदि सरकारी कार्यालयबनाउने हो भने भित्र धेरै तोडफोड गर्नुपर्ने अवस्था आउछ र पुरानो संरचना विग्रन्छ ।’ पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मधुदयाल सैजूले पाल्पा दरबारमा एउटा फलाटमा सरकारी कार्यालय र अर्को फलाटमा संग्रालयको रुपमा विकास गर्न सकेको अवस्था पाल्पामा पर्यटन क्षेत्रको समेत ठुलो विकास हुने बताउनुभयो ।

0 comments
तपाईंको प्रतिकृया