समयका मानव संग "
शेखर विकल्प कर्कलाको पातमा अडिएको पानीलाई
जीवनको परिभाषा बोकाएर जलुका बेच्ने बिखर्चीहरु
संग तिमी छाकको सौदाबाजी गर्दैछौ !
ब्रह्माण्डमा सगरमाथाको लालध्वज फहराएर आर्यसभ्यता फिजाउँने बेलामा तिमी ब्यथितीले पाश्चात्यको संगती हुर्काएर भाग्यका ईनार खन्ने बहानामा दूर्भाग्यका पहाड चुलाई रहेछौ !
रगतमासीको औषधी पिँधेर कलेटी ओँठमा गुराँस फुलाउन सक्ने मैचाङहरु प्रवेशपत्रको पुछारमा आफ्नै परिचय खोजेर कालो मसिको औठाछाप दल्दैछन ! भविष्यका जोतारेहरु आफ्नो बर्तमान खोज्दै बन्दुकको सिरानी राखेर मीठा सपना देख्दै आफै तिर तेर्साईरहेछन सपनाका एंवुसहरु !
मौन आकाशमा मूर्तीवत टल्किईरहेका उज्याला पिण्डको मिमांसा कोर्दै स्वर्ण चेतनाका मनुवाहरु आफ्नै चेतनामा राक्ष पहराको घन ठोकिरहेछन !
अन्तिम परिधीमा जिन्दगीका अँधेरा गोरेटो हिडेर आफ्नै पेटमा जमाना भोकको सारंगी रेटेर कस्तो विकल्पमा कुन कविले लेखोस र तिमी माग्दैछौ समयको मीठो कविता !

0 comments
तपाईंको प्रतिकृया