राष्ट्रियताको आन्दोलनमा पूर्व राजावादी शक्तिहरुसंग सहकार्य : वैद्य
हेटौंडा ७ साउन । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले राष्ट्रियताको आन्दोलनमा पूर्व राजासहितका राष्ट्रवादी शक्तिहरुसंग सहकार्य गर्न सकिने बताउनुभएको छ।क्रान्तिकारी पत्रकार संघले हेटौंडामा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले नेपालको स्वाधीनता र देशभित्र बाह्य शक्तिको बढ्दो चलखेललाई निस्तेज पार्न पूर्वराजा लगायतका राष्ट्रवादी शक्तिसँग सहकार्य गर्न सकिने बताउनुभयो। उहाँले राष्ट्रवादी शक्तिसंग सहकार्य गर्ने सवालमा आफ्नो पार्टीले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको मूल्य मान्यतामा कुनै सम्झौता नगर्ने बताउनुभयो।
अध्यक्ष वैद्यले अन्य दललाई नसमेटी सरकार र चार राजनीतिक दलले जबर्जस्ती चुनाव गराए आफ्नो पार्टीले त्यसको सशक्त प्रतिकार गर्ने चेतावनी दिनुभयो। उहाँले पार्टीले राख्दै आएको गोलमेच सम्मेलनबाट सर्वदलीय सरकार बनाई निर्वाचन गरे आफ्नो पार्टी निर्वाचनमा सहभागी हुने बताउनुभयो।

0 comments
तपाईंको प्रतिकृया