Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
गाऊको झगडा गाऊमा नै मिलाउनुपर्छ


नरेश के सी  भैरहवा १८ असार । रुपन्देहीका स्थानिय विकास अधिकारी पेसल कुमार पोखरेलले गाऊ टोलमा हुने झै भगडालाई गाऊमै मिलाउनुपर्नेमा जोड दिएका छन् ।

मंगलबार भैरहवामा कानुन अन्वेषण तथा स्रोत विकास केन्द्रद्धारा आयोजित सामुदायीक मेलमिलाप कार्यक्रमलाई सम्बोधन गर्दै एलडिओ पोखरेलले हरेक गाऊ तथा नगर एवं वडाका झै झगडा सकभर जिल्लामा नल्याई गाऊमै मिलाए सामाजिक सद्भाव र भाइचारा अभिवृद्धि भई विकासमा समेत टेवा पुग्ने बताए । एलडिओ पोखरेलले सरकारले मेलमिलाप सम्बन्धि ऐन र मध्यस्तथा कानुनलाई विविध कारणले गर्दा लागु गर्न नसकेको जनाउदै यस्तो बेलामा सेलर्डबाट तालिम प्राप्त मेलमिलाप कार्यकर्ताले गाऊमा सद्भाव फैलाएकोमा खुसी व्यक्त गरे ।

उनले भने “ सरकार मेलमिलापको सन्दर्भमा अलमलिरहेको बेला संस्थाहरुले गरेको काम सहारायिन छ । यद्यपी गाविसलाई प्रत्यक्ष रुपमा संस्थागत रुपमा सहभागी गराई मेलमिलापमा सक्रिय बनँए त्यो दिर्घरुपी हुन्छ ।” कार्यक्रममा सेलर्डका संयोजक नारायण रेग्मीले स्थानीय निकायमा जनप्रतिनिधी नभएको अवस्थामा मेलमिलाप केन्द्रका कार्यकर्ताको भूमीका महत्वपुर्ण र अर्थपुर्ण भएको बताउदै यसलाई सरकारी निकायले सहयोग गनुपर्ने बताए । स्थानिय समितीका संयोजक जगन्नाथ प्रसाद कुर्मीले स्थानिय तहमा शान्ति कायम गर्न सेलर्डको मेलमिलाप कायृक्रम फलदायी भएको जानकारी गराए । सिद्धार्थनगरका निमित्त कार्यकारी प्रमुख शैलेन्द्र प्रसाद श्रेष्ठले मेलमिलाप केन्द्र र त्यसका अभियान कर्ताको कारण एकातिर स्थानिय समस्या स्थानिय तहमै समाधान भएका छन भने अर्कोतिर विकास निर्माणको काम पनि सहयोग पुगेको बताए । गाविस सचिव हकहित संरक्षण केन्द्रको तर्फबाट कोषाध्यक्ष चिरञ्जीवि गौतमले गाविस तहमा हुने हरेक किसीमका विवाद मिलाउन मेलमिलाप केन्द्रले धेरै सहयोग पुर्याएकोमा प्रसंसा गर्दै यस्तो कार्यक्रमको निरन्तरताको माग गरे ।

सेलर्डद्धारा आयोजित उक्त सामुदायीक मेलमिलाप कार्यक्रम सम्बन्धि समिक्षा तथा उत्कृष्ट मेलमिलाप कर्ता सम्मान कार्यक्रम उत्कृष्ट मेलमिलाप कर्ताको रुपमा छनौट भएका बसन्तपुर गाविसकी मन्सादेवी हलुवाई, टिकुलीगढ गाविसका दिनेश अर्याल र धकधइ गाविसका कोइल देवानलाई प्रमाणपत्र मायाको चिनोले सम्मान गरिएको थियो । गाऊ टोलका विवादलाई स्थानिय तहमै सहमति र कार्यन्वयन गर्न यो मेलमिलाप कायृक्रमले सहयोग पुर्याएकोले पनि जिल्लामा ८७ प्रतिशत विवाद मिलाउन सेलर्ड सफल भएको संस्था कानुन विभाग प्रमुख लोकनाथ पन्थले जनाए । पन्थले मेलमिलाप केन्द्रमा कसैको पनि हार नहुने हुदा र न्यायमा सहज निष्पक्षतालागी कार्यक्रम फलदायी भएको तर्क गरे । । जिल्लामा रहेका १६ मेलमिलाप केन्द्रका ४६३ जना मेलमिलापकर्ताद्धारा गाऊ ठाऊमा मेलमिलापको अभियान जारी रहेको संस्थाले जनाए । डानिडा ह्युगोको सहयोगमा जुन २००९ देखी सेलर्डले जिल्लाको सिद्धर्थनगर नगरपालिका, पर्रोहा, देवदह, वसन्तपुर, दुधराक्ष, बुटवल नगरपालिका, टिकुलीगढ, केरवानी, मक्रहर, दयानगर, गोनाहा, चिल्हीया,हर्नेया, हाटिबनगाइ, धकधइ, र करहियामा मेलमिलाप केन्द्रमार्फत कार्यक्रम गर्दै आएको संस्थाका प्रशिक्षक अधिवक्ता सुर्य अधिकारीले जनाए ।

समीक्षा कार्यक्रममा पेस गरिएको प्रतिवेदनमा जिल्लामा आदीवासीहरु, शिक्षीत वर्ग र पुरुष बढी विवादमा सरिक भएको देखिएको छ । उक्त कार्यक्रममा हिरा बराल, कुलप्रसाद चापागाई, कोइल देवान, दिनेश अर्यालले मन्तब्य राखेका थिए । कार्यक्रममा जिल्लाका गाविस सचिव, संघसंस्थाका प्रतिनिधी, प्रहरी, सञ्चारकर्मी एवं सरोकारवालाको सहभागिता रहेको थियो । 

0 comments

तपाईंको प्रतिकृया