लागु औषध सहित दुई युवा पक्राउ
.jpg)
नरेश के सी भैरहवा १८ असार । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले रुपन्देही जिल्लामा चेकजाँच गर्ने क्रममा दुई युवा सहित लागु औषध बरामद गरेको जनाएको छ ।
भैरहवाबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान ८ः३० बजे सिद्घार्थनगर पालिका वार्ड नम्बर १ बेलहिया ईलाकामा चेकजाँच गर्ने क्रममा बरामद गरेको लागु औषधमा स्पास्मो २८ क्यापसुल सहित जिल्ला नवलपरासीको स्वाठी गाउँ बिकास समिती वडा नम्बर ९ मा बस्ने २२ बर्षीय सपर खाँन र लागुऔषध लुफिजेसीक ३ थान, डाईजेपाम ३ थान सहित जिल्ला रुपन्देही बुटवल नगरपालिका वडा नम्बर ८ मा बस्ने ४० बर्षीय रवि थापालाई पक्राउ गरेको लुम्बिनी अञ्चल प्रहरी कार्यालयले जनाएको हो ।
प्रहरीको प्रारम्भीक अनुसन्धानबाट पक्राउ परेको खाँन र थापाले भारतीय बजार सुनौलीमा रहेको किसान मेडिकल स्टोबाट उक्त लागु औषध खरिद गरेको र आवश्यक कार्यवाहीको लागी जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको लागुऔषध नियन्त्रण ब्यूरो शाखाका प्रहरी निरिक्षक रामशंकर कोहारले बताए ।

0 comments
तपाईंको प्रतिकृया