Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बन्चरो प्रहार गरी हत्या गरेपछि शवमाथि करणी गर्ने लाई ३९ वर्षको जेल सजाय

एक छिमेकी महिला र उनकी बालिका छोरीलाई बन्चरो प्रहार गरी हत्या गरेपछि शवमाथि करणी गर्ने ढोला गाविस वडा नं २ पोखरीपानीका बैरागी भन्ने सुवास थापामगरलाई पनि जिल्ला अदालतले ३९ वर्षको जेल सजाय र पीडितलाई रु दुई लाख क्षतिपूर्ति दिन आदेश जारी गरेको छ । निजले तीन वर्षअघि ०६७ असोज ६ गते सोही स्थानका नीरमायाँ पुलामी र उनकै छोरी अनुस्का पुलामीलाई सुतेको ठाउँमा बन्चरोले हानेर हत्या गरी करणी गरेका थिए ।

यसैगरी छत्रेदेउराली गाविस वडा नं ५ की वृछा चनमती तामाङलाई हत्या गरी बलात्कार गर्नेहरुलाई जिल्ला अदालतले ३१ वर्षको कैद सजाय सुनाएको छ । जिल्ला अदालतले प्रतिवादी नीरज तामाङलाई कर्तव्य ज्यानमा सर्वश्वसहित जन्मकैद (२० वर्ष) जबर्जस्ती करणी गरेकाले सात वर्ष, चोरीसमेत गरेकाले एक महिना १५ दिन, जरिवानावापतको चार वर्ष कैद गरी ३१ वर्षको जेल सजाय सुनाइएको हो । सोही घटनामा संलग्न रामलाल तामाङलाई कर्तव्य ज्यानमा तीन वर्ष ६ महिना, जरिवानावापतको चार वर्ष कैद र चोरी गरेकाले एक महिना १५ दिन कैद गर्न फैसला सुनाइएको छ भने पीडित परिवारलाई रु ५० हजार क्षतिपूर्ति दिन आदेश गरिएको छ ।

 प्रतिवादीहरुले ०६७ भदौ ५ गते बेलुका घरमा सुतेको बेला घरभित्र छिरेर बलात्कार गर्न खोज्दा नसकेपछि घाँटी थिचेर हत्या गरी शवमाथि बलात्कार गरेका थिए । @htv

0 comments

तपाईंको प्रतिकृया