१० बर्षदेखि निरन्तर रुपमा सत्संग
कपिल ज्ञवाली बुटवल २ साउन । बिश्वहिन्दु महासंघ रुपन्देहीले बिगत १० बर्षदेखि निरन्तर रुपमा नियमित सत्संग तथा भजनकृतन गर्दै आइरहेको छ ।महासंघले बुधबार बुटवलमा १ सय २० औं श्रृखला सम्पन्न गरेको छ । प्रत्येक महिनाको २ गते बुटवलको राममन्दिरमा हुने संत्संगमा यसक्षेत्रका धार्मिक तथा सामाजिक ब्यबक्तित्वको सहभागिता रहने गरेको छ ।
महासंघका अध्यक्ष गणेशमान सैंजुको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल नगरपालिकाका प्रशासन शाखा अधिकृत कृष्ण प्रसाद ज्ञवाली,प्रा डा बाबुराम ज्ञवाली,पण्डित धोला नेपाल,ब्रह्मकुमारी नारायणी , ब्रह्मकुमारी सिरता लगायतले बोल्दै महासंघले गर्न हरेक कृयाकलापले समाजमा सकारात्मक प्रभाब पार्ने गरेको बताएका थिए ।

0 comments
तपाईंको प्रतिकृया