Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
रेखा घिमिरेको खुशि अब 3 डी मा

युएईमा रहेकी स्थापित नेपाली गायीका रेखा घिमीरेको “खुशी” एल्वमको “मेरो खुशी गर्भभित्र तुहाएको पाप लाग्ला” वोलको गीतको म्युजिक भिडीयो दुवईका विभिन्न क्षेत्रमा छायाँकन भर्खरै सकिएको छ ।
उक्त गीतका सँगीतकार हरि लम्साल र शब्द दलबीर सिँह बराइली “घायल”को रहेको छ । सो म्युजिक भिडीयोको पहिलो छाँयाकन नेपालमा नै सम्पन्न भईसकेको थियो । तर खिचिएको भिडीयो स्तरीय एवं शव्दको र्ममलाई उठान गर्न नसकेको कारण पुःन त्यसको छायाँकन गरेको कुरा गायिका घिमिरेले वताईन । सो एल्बमको अन्य गीतहरुको भिडियो पनि चाडै सम्पन्न हुने र दर्शकहरुका लागि चाडै नै बजारमा भिसिडि रिलिज गर्ने कुरा बताइन् ।

 युएईको चर्को गर्मिमा उक्त भिडियो युएईमा कार्यरत व्यवसायीक फोटोग्रार्फर राज अधिकारीले अजय कार्कीका साथमा गरेका हुन् । नेपालमा ७ वर्ष मेडियाका सम्लग्न तथा युएईमा करीव ४ वर्षदेखि व्यावसायिक रुपमा फोटोग्राफि गर्दै आएका छन् । उनी दक्ष श्रव्यदृष्यका खिच्नमा योग्य छन् । उनिद्धारा खिचिएको उक्त म्युजिक भिडियो ३ डी प्रविधीमा पनि रहने कुरा जानकारी गराए । सो म्युजिक भिडियोमा स्यम गायिका रेखा घिमिरे र भरत पाण्डेले मोडलिङ्ग गरेका छन् ।

0 comments

तपाईंको प्रतिकृया