Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
रुपन्देही शान्ति सुरक्षा सबलताको हिसाबले एक नम्बर बन्नेछ : प्रहरी प्रमुख

नरेश के सी   भैरहवा १७ श्रावण।  जिल्लामा आएका सुरक्षा निकायका प्रमुखहरुले रुपन्देहीलाई शान्ति सुरक्षाको हिसाबले एक नम्बर बनाएर लैजाने प्रतिबद्धता जनाएका छन् ।

सिद्धार्थनगर उद्योग वाणिज्य संघ भैरहवाको आयोजनामा नव आगन्तुक प्रहरी प्रमुखहरुलाई स्वागातार्थ आयोजित छलफल कार्यक्रममा बोल्दै रुपन्देहीका प्रहरी प्रमुख विक्रम सिंह थापाले जिल्लाको सुरक्षाको खातिर सबै सुरक्षा संयन्त्र परिचालन गरिने बताएका छन् । उनले उद्योगि व्यवसायीलाई सम्बोधन गर्दै भने“ अब हामी आएका छौ, कसैले जोरजवरजस्ती चन्दा असुली गर्छ, धम्काउछ, उद्योग व्यवसायलाई समस्या पार्छ भने हामीलाई खबर गनृुहोस प्रहरी त्यस्ता चरित्रहीन व्यक्तिलाई तुरुन्त कारबाहि गर्छ ।

 एसपी थापाले कुनैपनि प्रहरी कर्मचारीले गलत काम गर्छ भने त्यस्ता प्रहरी कर्मचारीलाई सार्वजनिक रुपमै कारबाहि गर्ने उनले जनाए । उनले भने हामी पुरानो ढर्राले चल्दैनौ ” माथीको निर्देशन अनुसार जिल्लामा शान्तिसुरक्षा कायम राख्न जस्तो सुकै कदम चाल्न तत्पर छौ । प्रहरी प्रमुख थापाले जिल्लालाई धुम्रपान मध्यपान तथा सुर्तिसेवन मुक्त जिल्ला बनाएर लैजाने योजना अगाडी सारेको पनि बताए । उनले आफ्नो डिस्नरीमा गुण्डा भन्ने शब्दावाली नै नभएकोले कसैले दादागीरि र गुण्डागिरी गर्न खोज्छ भने आजैदेखी छाडिदिन पनि आग्रह गरे । उद्योगि व्यवसायीलाई ढुक्कताका साथ आफ्नो व्यवसाय सन्चालन गर्न पनि उनले आग्रह गरेका छन् ।

थापाले कसैले पनि जिल्लामा १५ मिनेट भन्दा बढी चक्काजाम र हड्ताल गरे प्रहरीलाई सह्य नहुने बताएका छन् । त्यसैगरी शसस्त्र प्रहरीबल सीमा सुरक्षा कार्यलय रुपन्देहीका प्रमुख भेष बहादुर शाहले प्रहरी जनताको नोकर भएकोले सधै सेवामा समर्पीत रहेको बताएका छन् । उनले प्रहरीले शुन्य सहनशीलता लागु गरेकोले जिल्लामा त्यो लागुगर्ने प्रतिबद्धता पनि जनाए । थापाले सीमा सुरक्षा, राजस्व चुहावट, औद्योगीक सुरक्षा लगायत लुम्बिनीको सुरक्षामा शसस्त्र प्रहरी बल रुपन्देही विगत भन्दा अझै छरितो ढंगले परिचालन हुने विश्वास व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा शसस्त्र प्रहरी बल राजस्व गस्ती डण्डा भैरहवाका प्रमुख धुव्र कार्कि, जिल्ला प्रहरी कार्यलयका डिएसपी दीपक न्यौपाने, औद्योगिक सुरक्षा बलका प्रमुख भरत खनीया लगायतले बोल्दै जिल्लामा सुरक्षा संयन्त्र चुस्त दुरुस्त भएकोमा उद्योगी व्यवसायीलाई ढुक्क हुन आग्रह गरेका थिए । संघका अध्यक्ष विष्णु शर्माको अध्यक्षता, महासचिव कुलप्रसाद न्यौपानेको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा उद्योगी व्यवसायीहरु क्रृषी अग्रवाल, राजेश अग्रवाल, शान्ता जीसि, कृष्ण प्रसाद शर्मा , प्रेम कुमार सेन्चुरी, शीव पाठक, विजय पाण्डे, शान्त कुमार शर्मा, दीपकराज शर्मा, सन्जय बजिमय, विष्णु खरेल, रामकुमार शर्मा लगायतले जिल्लामा उद्योगि व्यवसायीलाई प्रहरी प्रसासनबाट पुर्ण शान्ति सुरक्षाको प्रत्याभुत हुनुपर्ने माग गरेका थिए ।

0 comments

तपाईंको प्रतिकृया