Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बैद्य माओबादीले निर्बाचन आचार संहिता जलाए


 अमृत अधिकारी  पाल्पा, १७ साउन ।    नेकपा–माओवादीलगायत दलले जिल्लाका तीनवटै निर्वाचन क्षे त्रमा संविधान सभा निर्वाचनको विरोध गर्दै निर्वाचन आचारसंहिता जलाएका छन् ।

 आसन्न दोस्रो संविधान सभा निर्वाचनको बहिष्कार गर्न भन्दै ३३ दलिय गठबन्दनका दलहरुले मंसिर ४ मा हुने संविधान सभा निर्वाचनका लागि निर्वाचन कार्यालयले बनाएको १७ पृष्ठ लामो आचारसंहिता जलाएका हुन् । पाल्पा जिल्लाको १ नं. निर्वाचन क्षेत्रको रामपुर, २ नंं निर्वाचन क्षे त्रको चिर्तुङ्गधारा र तानसेन, ३ नंं निर्वाचन क्षेत्रको बन्दिपोखरामा निर्वाचन आचार संहिता जलाएका हुन् । पाल्पा जिल्लाका १ नं निर्वाचन क्षेत्रमा जित बहादुर मश्राङ्गी हिरा, २ नं क्षेत्रको चिर्तुङ्गधारामा पूर्व सभासद् लिला सोमै, जिल्ला इन्चार्ज धिर ज राना, तानसेनमा केन्द्रीय सदस्य बसन्त घर्तीको नेतृत्वमा र ३ नंं क्षे त्रको बन्दिपोखरामा जिल्ला सहइन्चार्ज गीर बहादुर थापा बिरवलको ने तृत्वमा आचार संहिता जलाइएको हो ।

 सरकारले जनताको अधिकार प्राप्तीका लागि हुने निर्वाचनमा सेना परिचालन गरेर राष्ट्रघाती निर्वाचन गर्न लागेकाले ३३ दलीयमोर्चाले निर्वाचनको विरो ध स्वरुप आचार संहिता जलाएको कार्यक्रमका प्रमुख अतिथि नेकपा–माओ वादीका केन्द्रीय सदस्य बसन्त घर्ती मगरले बताए । चारदलकै सिण्डिकेटका कारण देशलाई सिक्किमिकरण र भुटानी करण गर्नका लागि दलका नेताले गरेको कर्तुतको जनताबाट अनुमोदन गराएर दे शलाई भारतमा गाभ्ने षड्यन्त्र स्वरुप गर्न लागिएको निर्वाचनको शसक्त रु पमा वहिस्कार गर्ने घर्तीले बताए । उनले पाल्पा जिल्लामै मात्र गत पहिलेको संविधान सभामा सहभागि भएका ५५ हजार बढी मतदाता छुटेका कारण देशभर लाखौं मतदाता आफ्नो अधिकारका लागि छुटेकाले सेना लगाएर गरिने चुनाव निष्पक्ष र जनताको पक्षमा नभई देशको लागि धातक हुने बताए ।

 कार्यक्रममा जिल्ला इन्चार्ज धन बहादुर राना, पूर्व सभासद् लिला सो मै, नगर इन्चार्ज पार्वती विक, कार्यालय सचिव प्रेम शाही, जनस्वयम्से वकका संयोजक मिन बहादुर आले, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष आशिष दुधराज, उपाध्यक्ष राजकुमार पन्थी लगाएत सयौं नेता तथा कार्यकर्ताको उपस्थिति रहेको कार्यक्रमको संचालन नेकपा(माओवादी) पाल्पाका संयोजक कृष्ण भण्डारीले संचालन गरेका थिए ।

0 comments

तपाईंको प्रतिकृया