Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
विकासमा स्थानियको भूमिका उल्लेखनीय: अर्थविद् नेपाल

मुक्तिप्रसाद न्यौपाने  पाल्पा २५,साउन ।  जुनसुकै स्थानको विकासकालागि स्थानिय स्तरका जनतानै जागरुप हुनुपर्ने अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार डा. चिरञ्जिवी नेपालले बताएकाछन् ।

 पाल्पाको तानसेनमा शुक्रबार भएको पाल्पाको पर्यटन तथा आर्थिक विकासमा अनुसन्धानको औचित्य र महत्व विषयक अन्तक्रियामा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष समेत रहेका अर्थविद् नेपालले स्थानीय स्रोत र साधनको उच्चतम प्रयोग गरेमा अपनत्वको भावना समेत विकास हुने बताएका हुन् । ‘देशलाई चलाएमान बनाउनका लागि समयमै बजेट आवश्यक हुन्छ, जनताको विकासकालागि ६ वर्षदेखी आशा गरिएको बजेट अहिले आएको छ’–अर्थविद् नेपालले भने । नेपालको बजेटको इतिहासमा यति कम आलोचित यो नै पहिलो बजेट भएको नेपालको दावी छ ।

 विशुद्ध अर्थतन्त्रले खोजेको ठाउँमा बजेट आएको छ स्थानिय जागरुप भए विकासले गति लिनेछ । बजेट निराशा मुखी हुनु हुँदैन त्यसैले बजेट महत्वकाँक्षी हुनु स्वभाविक हो नेपाल बताउँछन् । पर्यटन क्षेत्र व्यापाक छ यसमा १ रुपैयाँको लागनीमा ६० रुपैयाँ बन्न समय नलाग्ने बताउँदै नेपालले पाल्पाको पर्यटन विकासकालागि सेवाका क्षेत्रहरु बढाउन स्थानिय राजनीतिक दल, नागरिक समाज सबैलाई आग्रह गरेका थिए । पाल्पाली संयन्त्र देशको प्रशासनिक इकाईहरुमा हुँदा अरु व्यक्तित्वहरुले राजधानी पाल्पामा सार्नु राम्रो होला भनेर व्यङ्ग गरिरहेकोले युवा पिढीले बिँढो थाम्न लागिपर्नुपर्ने बताएका थिए ।

 सञ्जिवनी अनुसन्धान केन्द्रको आयोजनामा भएको कार्यक्रममा बोल्दै डा. नेत्र न्यौपाने, राजेश्वर उदय, टेकनारायण भट्टराई, किरण कौशल, केशव बस्याल, र्पथ्वीनाथ ज्ञवाली लगायतका वक्ताहरुले सरकारको संयन्त्र पाल्पाली भएको अवस्थामा पाल्पाको पर्यटन, स्वास्थ्य र शिक्षाको दीर्घकालिन विकासमा ध्यान दिन आग्रह गरेका थिए । 

0 comments

तपाईंको प्रतिकृया