Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
मंसिरमा चुनाव नभए फेरि अर्को प्रधान न्यायाधीश प्रधानमन्त्री बन्छन्:खांण

कपिल ज्ञवाली  बुटवल,२८ साउन।   नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री बालकृष्ण खांणले मंसिरमा चुनाव नभए फेरि अर्को प्रधान न्यायाधीश प्रधानमन्त्री बन्ने अवस्था आउने बताउुनभएको छ ।

 चार दलले २५ बुंदे बाधा अड्काउ फुकाउ आदेशमा गरेको सहमतिकै कारण मंसिर ४ मा चुनाव नभए देशको नेतृत्व राजनीतिक दलको हातमा आउन धेरै समय लाग्ने उहाले तर्क गर्नुभयो । नेपाल प्रेस युनियन रुपन्देहीको वार्षिक साधारणसभाको आज बुटवलमा उद्घाटन गर्दै नेता खांणले २५ बुंदे बाधा अड्काउ फुकाउ आदेशमा चार दलले गरेको सहमति गलत भएको र दलहरु नराम्रोसंग चुकेको स्वीकार गर्नुभयो । 

मंसिरमा चुनाव नभए खिलराजपछि अर्को प्रधानन्यायाधीशलाई प्रधानमन्त्री र पुर्व प्रशासकहरुलाई मन्त्री बनाउनुपर्ने व्यवस्था संविधानमा राखेकाले चुनावको विकल्प नभएको उहा“को भनाई छ । नेकपा माओवादी लगायतका दलहरुले २५ बुंदे वाधा अड्काउ फुकाउको विरोध र सरकारको नेतृत्व दलहरुकै नेतृत्वमा हुनुपर्ने भन्ने माग जायज भएको समेत नेता खांणले स्वीकार गर्नुभयो । कार्यक्रममा प्रेस युनियनका पुर्व केन्द्रीय उपाध्यक्ष हरि लम्साल,युनियनका केन्द्रीय सदस्य रामराज पोखरेल,पत्रकार महासंघ रुपन्देहीका सभापति दीपक ज्ञवाली,क्रान्तिकारी पत्रकार संघ रुपन्देही अध्यक्ष रुद्रहरि कुंवर लगायतले मुलुकका हरेक राजनीतिक परिवर्तनमा प्रेस जगतको भुमिका महत्वपुर्ण रहेपनि प्रेस स्वतन्त्रता, पेशागत सुरक्षा र सम्मानमा राज्य सधै उदासीन बनेको गुनासो गर्नुभएको थियो ।

 युनियनका सभापति भवानीप्रसाद पाण्डेको अध्यक्षता,सचिव विक्रम खड्काको संचालन, कोषाध्यक्ष् रेखा भुसालको स्वागतमा सम्पन्न कार्यक्रममा कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक,कांग्रेस नेता सुर्यप्रसाद प्रधान,कांग्रेस नगर सभापति खेलराज पाण्डे,ट्रेड युनियन कांग्रेसका काजीमान श्रेष्ठ,प्रेस युनियन स्याङजाका सभापति श्रीकृष्ण सिग्देल लगायतले पनि लोकतान्त्रिक संविधान निर्माणका लागि मिडियाले भुमिका खेल्नुपर्ने आग्रह गरका थिए ।

यसैविच साधारणसभाले श्रमजिवी पत्रकारहरुलाई ऐन अननुशारको तलब सुविधा उपलब्ध गराउन राज्यसंग माग गरिएको छ ।देशभरका सम्पुर्ण श्रमजिवी पत्रकारहरुको पेशागत र भौतिक सुरक्षाको व्यवस्था गर्न जोडदार माग गरिएको छ । त्यसैगरि सरकारले घोषण गरेको संविधान सभाको निर्वाचन सबै पक्षलाई मिलाएर समयमै निर्वाचन गर्नुका साथै नयां बन्ने संविधान सभाको निर्वाचनबाट संविधानको प्रावधानमै पुर्ण प्रेस स्वतन्त्रणका ज्ञारेन्टी गर्न माग गरिएको छ ।

0 comments

तपाईंको प्रतिकृया