इपीएस पास हुदैंमा कोरियाको ग्यारेन्टी छैनः निर्देशक सीक
नरेश के सी भैरहवा २९ साउन । इपीएस टपिक भाषा पास गर्दैमा कोरिया जान पाउने कुनै ग्यारेन्टी नहुने इपीएस नेपाल निर्देशक लि दोङ सिक ले बताएका छन् ।
एचआरडी कोरिया इपीएस सेन्टर नेपालको आयोजना तथा नेपाल कोरिया विकास परिषद,अंकुर नेपालको सहकार्यमा मंगलबार भैरहवामा आयोजित रोजगार अनुमति प्रणाली सम्बन्धि जानकारी मुलक कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक सिकले इपीएस परिक्षा कोरियामा काम गर्न जाने कामदारकोलागी पहिलो चरण भएको बताएका छन् । तर कोरिया जाने जुनसुकै कामदारले पनि अनिवार्य रुपमा कोरियन भाषा परिक्षा उर्तीण गरेको हुनुपर्ने सिकको भनाइ थियो ।
उनका अनुसार हाल कोरीयामा ६ लाख ४० हजार बाह्य मुलुकका कामदार रहेका छन् । जसमध्ये १ लाख ७० हजार इपीएस प्रणालीबाट गएका कामदारहरु रहेका छन् । नेपाली कामदारको संख्या कोरियामा १७ हजार रहेको निर्देशक सिकको भनाइ छ । कोरियामा काम गर्ने कामदारको न्युनतम मासीक तलब १ हजार अमेरिकी डलर हुने र स्वदेशी कामदार सरह नै सामाजिक सुरक्षा रहने उनको भनाइ छ । निर्देशक सिकले अहिले पनि इपीएस पास गरेर कोरिया जान नपाएकाहरुले पुनः परिक्षा दिन पाउने समेत बताए । कोरियन सरकारले रोजगारदाता कम्पनिलाई फलानो देशको कामदार ल्याऊ भनेर भन्न नसक्ने उनको भनाइ थियो ।
कोरियामा कामदार कामदार छनौट गर्दा रोजगार दाता कम्पनिले १४ दिने स्वदेशी कामदारको माग राख्दै सूचना जारी गर्छ त्यो सुचनामा कोही स्वदेशी कामदार नआएमा बाह्य देश किटान गरेर कामदार माग गर्ने पद्धती रहे्को छ । इपीएस प्रणाली मार्फत ल्याइने परिक्षामा अहिले प्रश्नावली पनि परिवर्तन भएको सो अवसरमा जानकारी गराइएको थियो । पाठ्यक्रममा आधारित प्रश्नावली सोधिने र पुरानो संगालोबाट कुनै पनि प्रश्नावली नसोधिने सो अवसरमा इपीएसका प्रबन्धक रामचन्द्र गिरीले जनाए ।
व्र्ष २०१३ को इपिएस परिक्षा आगमी असोज २० र २१ गते हुने र सो परिक्षा क्षेत्रलाई मध्यनजर गर्दै बुटवलमा फर्म संकलन समेत गरिने अंकुर नेपालका अध्यक्ष गम्भिर गुरुंगले बताए ।

0 comments
तपाईंको प्रतिकृया