Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
अबैध क्लिनीकमा शील, नक्कली दन्त चिकित्सक पक्राऊ

नरेश के सी  भैरहवा, ३०, साउन   जिल्ला अनुगमन समितीका संयोजक सहायक सिडिओ राम बहादुर कुरुम्वाङको नेतृत्वमा गएको टोलिले अबैध रुपमा सन्चालित बुटलको कान्तिपुर डेन्टल हस्पीटल एण्ड रिसर्च सेन्टर, द डेन्टल, नेपाल डेन्टल ल्याब एण्ड स्टुमेन्ट सप्लायर्स, मणिग्रामको धौलागिरी डेन्टललाई अर्को आदेश नहुदा सम्मकालागी शिलबन्दि गरिदिएको हो ।

यसरी कानुनलाई चुनौति दिदै ठाडो रुपमा अबैध क्लिनीक मुख्य बजारमा सन्चालन भइरहेको अवस्थामा अहिले अनुगमन समितीले स्वास्थ्यलाई प्राथामिकतामा राखी अनुगमन जारी राखेको छ । यसअघि दुइहप्ता अगाडी भैरहवाका अबैध दन्त क्लिनीकमा अनुगमन समितीले तालाबन्दि गरिदिएको छ । जिल्ला अनुगमन समितीले दन्त सेवाको बारेमा सामन्य जानकारी मात्र भएका बुटवल हाटबजार स्थित नगरपालिकाको सीप विकास केन्द्रमा नेपाल डेन्टल ल्याब एण्ड स्टुमेन्ट सप्लायर्स नामक दन्त चिकित्सालय सन्चालन गर्दै आएका जितेन्द्र सिंहलाई पक्राउ समेत गरेको छ ।

अनुगमन समिती जादा सिंहले आफु नै दन्त चिकित्सक भएको जनाउदै दन्तरोगीको उपचार गरिरहेका थिए । सिंहले ०५२ सालदेखी सन्चालन गरेको क्लिनीकको न त साइन बोर्ड नै छ न प्राप्त स्रोत साधन नै । त्यसैगरी डा. योगेन्द्र प्रसाद श्रेष्ठ रहेको द डेन्टल पनि स्वास्थ्बाट अनुमति नल्याई अबैध रुपमा सन्चाल गरिरहेकोले शिल गरिएको छ । यता चीरपरिचित कान्तिपुर डेन्टल हस्पीटलको शाखा भनेर सन्चालित बुटवलको कान्तिपुर डेन्टल हस्पीटल पनि अबैध भएको खुलासा भएको छ । विगत १२ वर्षदेखी सन्चालित उक्त हस्पिटलले क्षेत्रिय स्वास्थ्य निर्देशनालयबाट स्वीकृत नल्याई हस्पिटल सन्चालन गरेको पाइएको हो । हस्पटीलका मुख्य सन्चालक डा. बुद्धिमान श्रेष्ठ भएता पनि बुटवलको सन्चालन कमल श्रेष्ठले गर्दै आएका छन् । अर्कोतिर हस्पीटलको पुर्वाधार नै नभइकन सर्वसाधरणलाई समेत झुक्याउने गरी नामाकरण गरिएकोप्रति जनस्वास्थ्य कार्यलयले आपत्ति जनाएको छ ।

सो हस्पीटल पनि अबैध भएको निश्कर्ष निकाल्दै अनुगमन समितीले शिल गरिदिएको छ । यसैगरी मणिग्राम स्थित धौलागिरी दन्त क्लिनीकले पनि स्वास्थ्यबाट स्वीकृती नल्याइ सन्चालन भएकाले शिल भएको छ । जिल्लामा रहेका अधिकांश क्लिनीकहरुले अबैध रुपमा स्वास्थ्य माथी खेलबाड गरिरहेको विषयमा सञ्चारमाध्यमले समाचार प्रकासन प्रसारण लामो समयदेखी गरिरहेका थिए तर अनुगमन समितीले पछिल्लो चरणमा हिम्मत देखाएको छ । दर्ता नगरीकनै सन्चालन भएका क्लिनीकहरुलाई शिलबन्दि गरिदिएको वाणिज्य कार्यलयका प्रमुख चेतप्रसाद उप्रेतीले बताए । अबैध दन्त क्लिनीकहरुलाई कानुनको दायरामा ल्याएरै छाड्नै अनुगमन समितीका संयोजक कुरुम्वाङले जनाए ।

 क्लिनिकहरू दर्ता गरि सञ्चालनमा ल्याउनका लागी एक जना बिषेशज्ञ चाहिने र जिल्ला जनस्यास्थ्य कार्यालय को सिफारीसमा क्षेत्रिय स्यास्थ्य निर्देशनालयले स्विकृत प्रमाण पत्र दिनुपर्दछ । तर रूपन्देहीमा रहेका अधिकांश क्लिनीकमा त्यस्तो मापदण्ड अधिकांशले पुरा गरेका छैनन् । सहायक प्रमुख जिल्ला अधिकारी कुरुम्वाङको नेतृत्वमा गएको अनुगमन टोलीमा वाणिज्य कार्यलयका प्रमुख चेतप्रसाद उप्रेती, जनस्वास्थ्य निरिक्षक मोति पौडेल, जिविस कार्यक्रम अधिकृत गजेन्द्रनाथ शर्मा, प्रहरी प्रतिनिधी, सन्चारकर्मि, उद्योग वाणिज्य संघका मनोज ध्वजु लगायतको सहभागिता रहेको थियो ।

0 comments

तपाईंको प्रतिकृया