Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सञ्जिवनी नर्सिङ कलेजको प्रशासनमा तोडफोड

कपिल ज्ञवाली  बुटवल, ३१ साउन     बुटवल १२ कालिकानगरमा रहेको संजिबनी नर्सिङ कलेजको प्रशासन शाखामा तोडफोड भएको छ ।

नेकपा— माओबादी सम्बद्ध अखिल क्रान्तिकारीका बिष्णु थापाको नेतृत्व र एमाले निकट अनेरास्वीयुका बिद्यार्थी गरि १२ जनाको समूहमा बिहिबार अपरान्ह ४ बजेको समयमा कलेजको प्रशासन शाखामा तोडफोड गरेको प्रशासनका कर्मचारी मन कुमार कनौजेले बताउनुभयो । यसअघि बुधबार रुपन्देहीमा क्रियाशिल दुई विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीले सुंयुक्त रुपमा ध्यानाकर्षण पत्र कलेजमा दिएका थिए ।उनिहरुले सिटिईभिटीबाट सम्बन्धन लिई रुपन्देही जिल्लामा सञ्चालित नर्सिङ क्याम्पसहरु नेपाल नर्सिङ काउन्सिल र सिटिईभिटीको मापदण्ड विपरित संचालन भईरहेको भन्दै आपत्ती जनाएका थिए ।

विज्ञप्तिमा कलेजहरु भित्रको समस्या विकृति र विसंगतिका विरुद्ध जोडदार ढंगले आन्दोलनमा उत्रने चेतावनी सहित २४ घण्टा भित्र सम्बोधन नगरिए चरणबद्ध आन्दोलन गर्न बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिस्थितिप्रति स्वयं कलेज संचालकहरुले जिम्मेवारी लिनुपर्ने उल्लेख गरिएको थियो । तोडफोडले करिब ८ लाख बराबरको क्षति भएको कलेजका प्रशासन प्रमुख दीपक रोकाले बताउनुभयो । एक्कासि समूह बाधेर प्रशासनमा छिरेका उनिहरुले हतौडा,ढुङ्गा तथा फलामका रडले हानेर ७ थान कम्प्यूटर,२ फोन सेट, फ्यान १, दराज १ ,कुर्चि ३ तथा प्रशासनलाइ ब्यबस्थि बनाउन लगाइएको पाटेशनमा लगाइएका २२ पिस सिसाहरु तथा ढोका ,झ्यालमा तोडफोड गरेर तत्कालै योगिकुटीतर्फ भागेको प्रशासन प्रमुख दीपक रोकाले बताउनुभयो । 

कलेजले तत्काल प्रहरीलाई खबर गर्न नसकेपछि कलेजमा बढि क्षति पुगेको हो । प्रहरीले भने गुण्डा शैलिमा तोडफोड गर्नेहरुको खोजिकार्य भैरहेका बताएको छ । तर ति दुइ बिद्यार्थी संगठनले उक्त घटनामा आफूहरुको संलग्नता नभएको दाबि गरेका छन् । यता अनेरास्ववियु रुपन्देहीका अध्यक्ष सरोज पोखरेलले एक बिज्ञप्ती नकाली आफुहरुको आन्दोलनको योजना बिपरित अखिल क्रान्तिकारीले बिहिबार एक्कासी बुटवल स्थित संजिवनी नर्सिङ कलेजमा गरेको तोडफोडको घटनाप्रति आफनो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् ।

 बुधबारको बिज्ञप्तीमा अनेरास्ववियुका रुपन्देही जिल्ला कमिटी अध्यक्ष सरोज पोखरेल, अखिल (क्रान्तिकारीका जिल्ला अध्यक्ष केशरबहादुर थापा, अनेरास्ववियु सिटिईभिटी केन्द्रीय कमिटीका कोषाध्यक्ष किरण ढकाल र अखिल (क्रान्तिकारी) सिटिईभिटी अवध जिल्ला समिति संयोजक सन्दिप पाण्डेको संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

उनिहरुले पछिल्लो समयमा स्वास्थ्य शिक्षा दिने शैक्षिक संस्थाहरु मापदण्ड विपरित र हचुवाको भरमा संचालन भएका कारण मानविय समवेदनाको हिसाबले पनि असक्षम र अदक्ष जनशक्ति उत्पादन हुने खतरा बढेको बताउदै आएका छन् ।

0 comments

तपाईंको प्रतिकृया