जागरण राष्ट्रिय पत्रकारिता पुरस्कार २०७०, अर्याल मिश्रलाई प्रदान
काठमाडौं – दलित अधिकारवादी एवं लेखक सुवास दर्नालको स्मृतिमा स्थापना गरेको जागरण राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७०, पत्रकार माधब अर्याल (पाल्पा) र पत्रकार विजय मिश्र (सिराहा) लाई संयुक्त रुपमा प्रदान गरिएको छ ।
जागरण मिडिया सेन्टरले स्थापना गरेको पुरस्कार बिहिबार राजधानीमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री माधब पौडेल, सुवास दर्नाल स्मृति प्रतिष्ठानका अध्यक्ष पदम सुन्दासले नगद र सम्मानपत्र प्रदान गरेका छन् । पत्रकारिता पुरस्कार छनौटका लागि नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा, सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्मा, स्वतन्त्र पत्रकार घमराज लु“ईटेल सदस्य रहेको छनौट समिति गठन गरेका थिए ।
सोही कार्यक्रममा सुवास दर्नाल नागरिक पुरस्कार मरणोप्रान्त स्वर्गीय मनबहादुर विकलाई प्रदान गरियो । विक राष्ट्रियसभाका सांसद थिए । यो पुरस्कार छनौटका लागि पूर्वसभासद संयोजक विनोद पहाडी र जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्मा सदस्य रहेको समिति गठन भएको थियो । सञ्चारमन्त्री पौडेलले पुरस्कार प्रदान गर्दै समितामुलक समाज निर्माण गर्न मोफसलमा बसेर ठूलो योगदान पु¥याएको बताए । उनले पत्रकारिताको माध्यमबाट समाजलाई सचेतिकरण गर्ने अझै गहन भूमिका खेल्नुपर्नेमा जोड दिए । कार्यक्रमा दलित अधिकारकर्मीहरुले मोफसलमा बसेर पत्रकारिता गर्दा दलित अधिकारका मुद्दा उठान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने संचारकर्मीलाई सम्मान गरेर जागरण मिडिया सेन्टरले काम गर्नमा थप हौसला प्रदान गरेको बताएका थिए ।

0 comments
तपाईंको प्रतिकृया