Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
मंसिर ४ का लागि तोकिएको चुनाव सम्पन्न पार्न सरकार लागि परेको छ:रेग्मी

काठमाण्डौ २ भाद्र । अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले वर्तमान सरकारको मुख्य उद्देश्य चुनाव भएकाले मंसिर ४ गतेका लागि तोकिएको चुनाव सम्पन्न पार्न सरकार लागि परेको बताउनुभएको छ।

आज काठमाडौमा नेपाल विश्व सम्बन्ध परिषद्को छैसट्ठीऔं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष रेग्मीले स्थायी शान्ति र राजनीतिक स्थायित्वको लागि सबै दल मिलेर आगामी मंसिर ४ को चुनाव सफल पार्नुपर्ने बताउनुभयो।

 उहांले आगामी संविधानसभा चुनावलाई अनुगमन गर्न अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुलाई आग्रह गर्नुभयो। मुलुकको आर्थिक विकासका लागि सरकार अन्तर्राष्ट्रियस्तरमा सहकार्य गर्न तयार रहेको उहाँको भनाइ थियो।

0 comments

तपाईंको प्रतिकृया