आफ्नो नामलाइ परिचित गराउन चाहन्छु
हेमेन पुन पछिल्लो समयमा आएर कला क्षेत्रमा आफ्नो नाम चिरपरिचित गर्ने होडमा हुनुन्छ। बाग्लुङग जिल्लाको बुर्तिवाङग १ मा जन्मिएका पुन अहिले म्यूजिक भिडियोहरुमा व्यस्त हुनुन्छ। पुन संग बिक्रम थापा ले गरेको कुराकानी यो अंकमा प्रस्तुत गरियको छ।अहिले के मा व्यस्त हुनुहुन्छ?
अहिले म म्यूजिक भिडियोको सुटिङगमा व्यस्त छु। दुई दिन अगाडि काठमाडौँमा रमेश पाल्पालीको शब्द संकलन रहेको सम्झेको सम्झै छु नि मैले भन्ने गीतमा अभिनय गरेको थिए। लगत्तै आउने शनिबार पनि पाल्पामा हुने तीज गीतमा अर्दैछु। अनि कार्यक्रमहरुमा पनि व्यस्त नै छु भन्नु पर्ला।
कलाकारिता क्षेत्रमा किन जानु भयो अरु क्षेत्र पनि छ ?
यो चाहिँ मेरो सानै देखिको रुचि र आमाबुबाको सहयोगले गर्दा र अझै भनौ भने सुमन सरको हौसलाले गर्दा यो क्षेत्रमा स्थापित पाइराखेको छु। मैले आफ्नो नाम र प्रतिस्थालाई अझै अगाडी परिचित गराउन चाहन्छु। म सिभिल ईन्जिनियरि∙ पनि पढेको छु तर यो क्षेत्रनै मेरो लागि बढि आनन्ददायक छ। मैले यो क्षेत्रबाट सफलता हासिल गर्छु जस्तो लागेर यसलाई अंगालेको हुँ। निरन्तरे मिहिनेत गर्दैछु र गरिरहनेछु।
यो क्षेत्रमा लाग्नको लागि कहाँबाट प्ररणा पाउनु भयोर?
सबैभन्दा पहिले मैले २०५५ साल नपाली कथानक चलचित्र पापी हेरेको थिए। त्यसमा गरिएको आदरनीय दाजुहरु राजेश हमाल र शुनिल थापाको अभिनयबात एकदमै प्रभावित भए र त्यसबेला देखि नै मलाई यो क्षेत्रमा लाग्ने इच्छा जाग्यो तर गाउँमा जन्मिएको र त्यही हुर्केको कारण १० वर्ष पछि मात्र यो क्षेत्र लाग्ने मौका पाएँ। मैले सुरुमा अभिनय तालिम लिएको थिए त्यस पछि नृत्य विधालाई पनि अंगाले हाल दुवै विधामा एकसाथ काम गर्दै आएको छु।
अहिलेसम्म कति म्यूजिक भिडियोमा गर्नु भएको छ?
मैले करिव स्थानीय र राष्ट्रिय गरी आधा दर्जन जति गीतहरुमा अभिनय गरेको छु। म यस क्षेत्रमा काम गर्न लागेको दुई वर्ष जति भयो। चरीजुरेली, जीवन मेरो, देउरालीमा हावाँ सरर र सम्झेको सम्झै छु नि मैले।।। गरी मैले अन्य गीतहरु पनि मेरो अभिनय रहेको छु। चरीजुरेली मेरो पहिलो म्यूजिक भिडिया थियो।
कार्यक्रममा पनि जाने गर्नु हुन्छरु विदेशमा पनि जानु भएको छ ?
मेरो पहिलो चिनारी नै कार्यक्रम हो। म करिब ५० भन्दा बढी कार्यक्रमहरुमा सहभागी भैसकेको छु। म एउटा प्रोगामको शिलशिलामा इन्डियाको हैद्रावाद सम्म पुगेको छु। साथै पाल्पाका नगरपालिका र विभिन्न गाविसहरुमा पनि र्गको छु। पर्वत, स्या∙जा, गुल्मी, पोखरा, बुटवल, भैरहवा र काठमाडौँ सम्म पुगेको छु।
खाली समयमा के गरी दिनहरु बिताउनु हन्छ? नृत्य कलासमा जान्छु। आफूले जानेका कुराहरु भाईबहिनीहरुलाई सिकाउने गर्दछु र आफूले नजानेको नृत्यका विधाहरुलाई अभ्यास गर्छु। साहारा कला केन्द्रमा नृत्य प्रशिक्षणको पनि काम गर्ने गर्छु।
स्कूलस्तरीय कार्यक्रमहरुमा थुप्रै पुरस्कार जितेको छु। सबभन्दा पहिले २०५१ सालमा स्कूलको अभिनय कार्यक्रममा पहिलो पुरस्कार हात पार्न सफल भएको थिए। त्यस्तै गाउँको गाविस स्तरीय नृत्य प्रतियोगितामा दोस्रो पुरस्कार पाएको थिए। यसरी सानो ठूलो गरी एक दर्जन जति पुरस्कार जितेको छु। सम्मानको क्रममा विभिन्न कार्यक्रमहरुमा सम्मानीत भएको छु । हाल मसँग सम्मानित पत्र र प्रसंसा पत्र गरी २० वटा छन्।
सफलताको राज के छ नि?
मेरो नजरमा अनुसासन र लगनशिलता मुख्य सफलताको प्रतिक हो। आफूले जुन काममा आफ्नो मन निरन्तर लगाउन सक्छ त्यो मान्छे सफलताको हात पार्न सक्छ।
देशका लागि के गर्छु जस्तो लाग्छ?
म मेरो देशको लागि आफ्नो कलाकारिताको माध्यमबाट अन्तराष्ट्रिय जगतमा परिचित गराउन चाहन्छु। धेरै कलाकारहरुले कलाकोे माध्यमबाट देशलाई विदेशमा चिनाएका छन् म पनि आफ्नो कला क्षेत्रलाई सक्दो निखारपन ल्याएर अन्य देशहरुमा पनि मेरो प्रस्तुतीका माध्यमबाट हाम्रो देशलाई नेपाल भनि चिनाउन चाहन्छु।
तपाइको Çयानहरुलाई के भन्न चाहनु हुन्छ? मेरो Çयानहरुलाई सर्वप्रथमत धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेरो काम र प्रस्तुतिलाई तपाईहरुले मन पराइदिनु भो। जस्मा मेरो कमि कमजारीहरु औल्याई सल्लाह र सुझाब निरन्तर दिनुहुन अनुरोध गर्दछु। तपाइहरुको सल्लाह र सुझाब नै मेरो लागि सफलताको दरीलो मार्ग बन्ने छ।



0 comments
तपाईंको प्रतिकृया