सेवा विकास बैंकको अर्को शाखा पाल्पामा
पाल्पा, ३ भदौ । छोटो समयमै वैंकिङ्ग क्षेत्रमा उल्लेखनीय प्रगति र आर्थिक क्षेत्रमा सफलता प्राप्तगर्न सफल वुटवलस्थित सेवा विकास बैंकले पाल्पामा शाखा खोली सेवा विस्तार गर्ने भएको छ ।
पाल्पा जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत १३ जना सेवा विकास बैंकका नयाँ संस्थापक शेयरधनीहरुलाई शेयर प्रमाणपत्र वितरण गर्दै बैंकका अध्यक्ष भिम प्रसाद तुलाचनले राष्ट्र बैकको स्वीकृति पश्चात शाखा विस्तारको क्रममा पाल्पा पहिलो स्थानमा रहेको चर्चा गर्नुभयो । व्यवसायिक व्यक्तित्व उद्योगी व्यापारी र प्रतिष्ठित व्यक्तिहरु संस्थापक शेयर सञ्चालक भएकाले सेवा विस्तार गरिने बताउनुभयो ।
बैंकका प्रमुख अधिकारी अधिकृत महेशप्रसाद काफ्लेले १ करोड २० लाखको चुक्ता पुँजी र तीन जिल्लावाट सुरु भएको बैंक २३ करोड चुक्ता पुँजी र २० जिल्लामा जाने वाटो खुलेको बताउनुभयो । उहाँले २ अर्व ५० करोड निक्षेप र २ अर्व १५ करोड लगानी रहेको बैंकले गत आर्थिक वर्षमा ५ करोड ३५ लाख नाफा गरेको जानकारी गराउनुभयो । उहाँले राष्ट्र बैंकको स्वीकृतिलगत्तै सेवाक्षेत्र विस्तार गरिने वताउनुभयो ।
विगत देखिनै खराब कर्जा शुन्यमा रहेको बैंकको ८ शाखा एक काउण्टर र वुटवल केन्द्रीय कार्यालयसमेत १० स्थानवाट सेवाप्रवाह गरेको समेत जानकारी गराउनुभयो । शेयरधनी प्रमाणपत्र बितरण कार्यक्रममा संस्थापक शेयर धनी पशुपति भट्टराई, शारदा नेपाल, रामप्रसाद पोखरेल लगायतले सेवा विकास बैकको विस्तारसंगै पाल्पामा थप वित्तिय सेवापुग्ने बताउनुभयो । बैंकले उदाहरणीय रुपमाजाने कुरामा आसावादी रहेको नयाँ शेयरसदस्यले बताएका छन् ।

0 comments
तपाईंको प्रतिकृया