Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
जिल्ला स्तरिय स्नुकरको उपाधि सुजनले उचाले

कपिल ज्ञवाली   बुटवल, १८ साउन ।  यल्लो हाउस स्नुकर क्लब कालिकानगर बुटवलको आयोजना तथा रुपन्देही पुल तथा स्नुकर संघको सहयोगमा बुटवलमा संचालित जिल्लास्तरीय स्नुकर प्रतियोगिताको उपाधि सुजन पुनले जितेका छन् ।

शुक्रबार सम्पन्न फाइनल खेलमा प्रतिस्पर्धी रेगन श्रेष्ठलाई पराजित गर्दै पुनले उपाधि जितेका हुन् । प्रतियोगिताको विजेतासंगै पुन ५० अंक जोडेर हाइएस्ट ब्रेकर पनि बन्न सफल भए । उनले विजेताको १० हजार र हाइएस्ट ब्रेकरको ३ हजार नगद तथा ट्रफि हात पारे । उपविजेता रेगन श्रेष्ठले पांचहजार नगद र ट्रफि प्राप्त गरे । विजेता तथा उपविजेतालाई वडा प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र श्रेष्ठ र रुपन्देही पुल तथा स्नुकर संघका अध्यक्ष हरि श्रेष्ठले शुक्रबार नै पुरस्कार प्रदान गर्नुभयो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि प्रहरी निरीक्षक श्रेष्ठले व्यक्तित्व विकास,पहिचान,मेहनत र अनुशासनका लागि खेलकुदले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । । उहाले स्नुकर खेललाई व्यवस्थित र मर्यादित बनाउन संचालकहरुले ध्यान दिएमा यसबारे रहेका नकारात्मक टिप्पणी हट्ने सुझाव दिनुभयो । संघका अध्यक्ष हरि क्षत्रीले स्नुकर राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यताप्राप्त खेल भएपनि राज्यले यसको विकासमा ध्यान नदिएको र बेवास्ता गरेको गुनासो गर्नुभयो ।

उहाले प्रहरी प्रशासनले यो खेललाई नकारात्मकरुपमा नभई सकारात्मकरुपमा हेर्नुपर्ने आग्रह गर्दै संघले आचारसंहिता बनाएर मर्यादित बनाउन लागेको बताउनुभयो । प्रतियोगितामा रुपन्देहीका ७० जना खेलाडी सहभागी भएका थिए । सो अबसरमा खेल अबधिभर सहयोग पुर्याउने पत्रकारलाइ पनि सम्मान गरिएको थियो ।

0 comments

तपाईंको प्रतिकृया