मनाङ्गेलाई विशेष अदालतमा पेश
काठमाण्डौ २ भाद्र ।
अवैधरुपमा सम्पत्ति आर्जन गरेको आरोपमा पक्राउ परेका दीपक मनाङ्गे उर्फ राजीव गुरुङलाई प्रहरीले आज विशेष अदालतमा पेश गरेको छ।
जेठमा मुद्दा दायर गरिएपछि फरार रहेका मनाङ्गेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार राति काठमाडौंबाट पक्राउ गरेको थियो। शुक्रबार पक्राउ परेका मनाङ्गेलाई प्रहरीले आज अदालतमा पेश गरेको हो।
मनाङ्गेले अदालतमा आफै उपस्थित हुने म्याद बाँकी रहेकै बेला पक्राउ गरिएकोमा असन्तुष्टि जनाए। अवैध रुपमा अकुत सम्पत्ती कमाएको आरोपमा सम्पत्ती शुद्धीकरण विभागले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। मनाङ्गेको करिब १४ करोड बराबरको सम्पत्तीको स्रोत खुलेको छैन।
यसअघि सम्पत्ती शुद्धीकरणको मुद्दा लागेका चक्रे मिलन, गणेश लामा, पर्शुराम बस्नेत अदालतमा हाजिर भैसकेका छन्। पछिल्लो समय डन भनेर चिनिएकाहरु माथि सम्पत्ती शुद्धीकरण विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले संयुक्त रुपमा अनुसन्धान गरिरहेका छन्।

0 comments
तपाईंको प्रतिकृया