Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एउटै व्यक्तिले बनाए करौडौंको महाकालि मन्दिर

नरेश के सी   भैरहवा, १६ साउन । जिल्लाको देवदह गाबिस सितलनगर वडा न ५ मा सोही ठाऊका एक स्थानियले करौडौं खर्चेर महाकालिको मन्दिर निर्माण गरेका छन् ।

स्थानिय गोपाल प्रसाद ढकाल ले आफ्ना बुवा आमाको सम्झनामा करोडौ खर्चेर महाकाली मन्दीरको निर्माण गरेका हुन् । सो मन्दिरको बुधवार एक कार्यक्रमकाविच स्वामि विवेकानन्द र गजेन्द्रनाथ बास्तोलाले उद्घाटन गरेका थिए । तीनै गुरुहरुले बैदिक रीतिअनुसार महाकालिको मुर्तिको प्राण प्रतिस्थापन समेत गरेका थिए । मन्दिरको उद्घाटन र मुर्तिको प्राण प्रतिस्थापनसंगै सर्वसाधारणकोलागी बुधवारदेखी नै मन्दिरमा पुजाआजाकोलागी खुल्ला गरिएको छ ।

 आफना बुवा आमाको कम उमेर मै एक बर्ष को अवधीमा दुबैजनाको मृत्यु भए पछि जिवनमा व्यक्तिगत फाइदा भन्दा सामाजिक क्षेत्रमा र धार्मीक क्षेत्रमा लाग्ने प्ररेणा जागेको भन्दै ठुलो लागतमा पैत्रिक सम्पतिबाट नै सो मन्दीर निर्माण गरेको निर्माण कर्ता ढकालले बताए । हिन्दु धर्ममा अत्यन्तै आस्था राख्ने ढकालका दूई छोरीले कलेज पढ्छन भने छोराले विद्यालय तहमा अध्ययन गर्छन । आमा बुबा तथा दाजुको प्रेरणा तथा आफ्नै उत्कट इच्छाका कारण मन्दिर स्थापना गरेको बताउने ढकालले दुइ छोरी, एक छोरा र श्रीमतिको समेत अविभावकत्व सम्हालेका मात्र छैनन स्थानिय खैरेनी बजारमा हार्डवयर व्यवसाय समिेत सञ्चालन गर्दै आएका छन् । स्थानिय विभिन्न सामाजिक संघसंस्थामा लामो समयदेखी क्रियासिल ढकालले करिव २ बर्षको अवधि लगाएर उक्त मन्दिर निर्माण गरेका हुन् । मन्दिरमा प्राचिन कला कोैशल झल्कने झ्याल ढोका तथा प्राचिन शैलीको सजावटले सजिएको छ ।

 उक्त मन्दिर चार तल्ला को रहको छ । मन्दिर व्यवस्थापनकोलागी कार्यालय ,दैनिक वैदिक पुजा अनुष्ठान, भजन कृतन तथा जोगी सन्यासी तथा बाबा जीहरुलाई आश्रमको समेत व्यवस्था रहेको सो मन्दिर चार तल्लाको रहेको छ । गाऊको विच भागमा बाटोले छोएको सडकमा प्यागोडा शैलिमा निर्मित उक्त मन्दिरले गाऊको सुन्दरता थपीदिएको स्थानियले बताए । लगभग दुई कट्ठा जग्गामा फैलिएको उक्त मन्दिरको निर्माण, मुर्ति तथा कार्यलय शौचालय, आश्रम सबैगरी झण्डै सवा करोड रकम खर्च भएको स्थानियको दाबी छ । स्थानिय गोविन्द ज्ञवालीले भने ढकाल जी ले एक्लो लगानीमा मन्दिरको निर्माण गर्नुभएको हो ,यो सबैकोलागी गर्व योग्य कुरा हो । ज्ञवालीले मन्दिर निर्माण हुदा गाउमा धार्मीक सस्कार को बिकास हुनेमा विश्वास व्यक्त गरेका छन् ।

मन्दिर निर्माण कर्ता ढकालकी बहीनीले आमा बुवाको मृत्यु पछी परिवारमा सही र राम्रो वाटोमा लाग्ने हौसला दिदैं समाजलाई समेत परिवर्तन गर्न खोजेको बताइन । सयौ भक्तजनहरुको उपस्थिती रहेको उक्त मन्दिरको उद्घाटन कार्यक्रममा बैदिक सनातन धर्मसभाका केन्द्रिय अध्यक्ष भरत राज पौडेल, यज्ञाचार्य कृष्ण भुषाल पण्डित, नेपाली भाषवीद् डा. दामोदर ढकाल, बासु रिमाल, सन्चारकर्मि यम राना, दिपेन्द्र थापा मगर, कृष्ण ढकाल लगायतले वर्तमान परिवेशमा हिन्दु धर्मको आवश्यक्ता झन बोध हुदै गएको बताउदै ढकाललको धार्मिक प्रयासको खुलेर प्रसंसा गरेका थिए । कार्यक्रमको सन्चालन कृष्ण प्रसाद न्यौपाने र स्वागत गोविन्द ज्ञवालीले गरेका थिए । कार्यक्रममा भक्तजनहरुले भजन कृतन समेत गरेका थिए भने स्वामि विवेकानन्द र गजेन्द्र बास्तोलाले प्रवचन दिएका थिए ।

0 comments

तपाईंको प्रतिकृया