तोकिएकै मितिमा संविधानसभाको निर्वाचन हुन नसके देश ठूलो दुर्घटनामा फस्नसक्ने
काठमाण्डौ ११ भाद्र ।
नेपाली कांग्रेसका नेता डाक्टर नारायण खड्काले तोकिएकै मितिमा संविधानसभाको निर्वाचन हुन नसके देश ठूलो दुर्घटनामा फस्नसक्ने चेतावनी दिनुभएको छ।
आज काठमाडौमा भएको कार्यक्रममा नेता खड्काले निर्वाचन धकेलिंदा राजनीतिक अस्थिरता बढ्ने र बाह्य शक्तिको चलखेल बढ्नसक्ने बताउनुभयो। निर्वाचन प्रकृया अवरुद्ध भए राष्ट्रमाथि नै ठूलो प्रश्नचिन्ह उठ्नसक्ने उहाँको टिप्पणी थियो। कार्यक्रममा मधेशी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावको मिति परिवर्तन गरेरै भएपनि असन्तुष्ट दलहरुलाई समेट्नुपर्ने धारणा राख्नुभयो।
त्यस्तै, राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङले चार दलीय समिति खारेज नहुँदासम्म निर्वाचनको वातावरण बन्न नसक्ने जिकिर गर्नुभयो।

0 comments
तपाईंको प्रतिकृया