Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
नेपाल अंग्रेज युद्धको सम्झनामा मनाईदै पाल्पाको एैतिहाँसीक भगवती जात्रा

सन्तोष बस्याल , पाल्पा १३ भाद्र । नेपाल अंग्रेज युद्धको सम्झना स्वरुप मनाईने भगवतीजात्रा आज पाल्पाको तानसेनमा मनाईदैछ । हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन भगवती जात्रा धुमधामका साथ मनाउने चलन छ । ऐतिहासिक महत्व बोकेको रणउजीरेश्वरी भगवती जात्राको लागी सुरक्षा प्रवन्ध लगाएत धुमधामका साथ मनाउने तयारी भएको भगवती मन्दिर व्यवस्थापन समितिले जनाएको छ । पश्चिम नेपालको पहाडी जिल्ला पाल्पाको शानको रुपमा यो जात्रालाई मानिन्छ ।

यस दिन सरकारी कार्यालयमा समेत काम हुदैन । जात्रामा संघसंस्था विद्यालयबाट प्रतिनिधित्व गराइन्छ । विद्यालय, क्याम्पसले स्थानीय विदा दिएका छन् । जात्रा मनाउन वाहिर जिल्ला गएर वसोवास गर्नेहरु पनि आएका छन् । तानसेन, भगवतीटोलमा रहेको श्री ७ रणउज्जेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रा गर्ने चलन छ । श्रीकृष्णजन्माष्टमीको दिन साझवाटै जाग्राम गरिन्छ । तानसेन र वाहिरवाट आएकाहरुले पूजा चढाउ“छन् । भाकल अनुसारको कुखुरा, हा“स, बोका, रा“गो, बली दिने चलन रहिआएको छ । बजार घुमाउनु अघि नवमीको दिन सुर्योदय नहुदै बजारका महिलाहरु झिसमिसे कालमै देवीको पुजा गरिसकेका हुन्छन् ।

दिउसो १२ वजेतिर नगर परिक्रमा गराउन ३०÷४० जना बलिया कुमाल जातीका पिपा जवान आउने चलन रहि आएको छ । उनीहरुले रथको दुवै तिर तेर्साईएका दुई बलिया नोलहरुलाई काधमा बोकाई जयजयकारको गुन्जन ध्वनी र बन्दुकको बडाईको ईशारामा रथलाई उठाउन लगाईने गर्छ । जाात्राको महत्व सन् १८७१÷७२ को नेपाल अंग्रेज युद्ध गा“सिएको छ । काजी अमर सिंह थापाको कार्यकाल सकिदा निजका नाति नयन सिंहका छोरा कर्णेल उजीरसिंह थापा पाल्पाका तैनाथवाला भएर वसेका थिए । सोही वेला अंग्रेजहरुले दुख दिने र नेपाललाई हडप्ने गरेका थिए । अंग्रेजहरुले नेपाल आफ्नो हातमा पार्न चारै तिरवाट आफ्नो सेना अगाडि वढाएका वेला उजीरसिंह थापा लडाईमा सामेल हने मौका पाए । मनोकामना देवी संग प्रकट गरि युद्ध लड्न गएको र अग्रेजहरु उजीरसिंहको लडार्इंहार खाई फर्केको ईतिहासमा लेखिएको छ । जीतगढीको लडाइ“मा नेपाली फौजले जित्यो । सन् १८७१—७३को नेपाल अंग्रेज युद्ध पछि कर्णेल उजीरसिंह थापाले एक विशाल तीनतले पेगोडा शैलीको मन्दिर वनाएका हुन् । मन्दिर वनाउन सन् १८७५÷७६ मा सकिएको थियो । यसैवेला देखि काठमाण्डौका जात्रावाट प्रभावित भएका उजीर सिंहले भगवतीको रथयात्रा निकाल्न सुरु गरेको पाल्पाका इतिहास्विद् हरु बताउछन । पश्चिमाञ्चल क्षेत्रमै सवभन्दा ठुलो जात्राको रुपमा लिइने र विषेष महत्वका साथ हेरिने तानसेनको प्रसिद्ध रण उज्वेश्वरी भगवती जात्रालाइ ऐतिहासिक जात्राका रुपमा पनि लिने गरिन्छ । यद्यपि यो जात्रा यस क्षेत्रकै प्रसिद्ध जात्राका रुपमा वर्षाैं पहिलेदेखि प्रचलनमा आएको भए पनि यसलाइ राष्टिय पर्वकोे मान्यता दिन भने सकिएको छैन । भगवतिको मुर्तिलाइ रथमा राखेर सजधजकासाथ नगर परिक्रमा गराइने यस जात्रामापञ्चेवाजा,ब्याण्डवाजा,भजनमण्डली,स्काउट,सैनिक,प्रहरी,विद्यार्थी,शिक्षक,कर्मचारी,ब्यापारी र सर्वसाधारणको निकै ठुलो मात्रामा सहभागिता रहने गर्छ । भगवती जात्रालाइ सवैभन्दा ठुलो जात्राका रुपमा यहाँका वासिन्दाले लिने गरेका छन । यो जात्रा हेर्न पाल्पा मात्र नभएर छिमेकी जिल्ला रुपन्देही, गुल्मी, स्याङजा, अर्घाखाँची समेतवाट भक्तजनहरु आउँछन् । तर आज यातायात व्यवसायीहरुले यातायात वन्द गरेका कारण गत वर्षहरुमा भन्दा भक्तजनहरुको संख्यामा कमी आउने संभावना वढेको छ ।

0 comments

तपाईंको प्रतिकृया