Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एमाओबादी जनसम्बन्ध सुद्दढीकरण अभियानमा

कमल रायमाझी  भैरहवा १७ असार ।  जनसम्बन्ध सुद्दढीकरण अभियान २०७० मा जुटेको एनेकपा माओवादी रुपन्देहीले जिल्लाव्यापी अभियान लाई गाउ, नगर र बस्ती बस्तीमा शसक्त रुपमा अगाडी बढाएको छ ।

 पार्टीको सातौ केन्द्रिय समितिको प्रथम बिस्तारित बैठकले २४० निर्बाचन क्षेत्रमा केन्द्रिय सदस्य र केन्द्रिय सल्लाहकार लाई केन्द्रिय कमिटिले निर्बाचन क्षेत्रको जिम्मा दिए पछि यो अभियान शसक्त रुपमा अगाडी बढेको हो । ७ वटै निर्बाचन क्षेत्र रहेको रुपन्देहीमा पार्टीका सात जना केन्द्रिय सदस्यले जनताको घरदैलोमा पुगेर पार्टीको निति र आगामी संबिधान सभाको बिषयमा केन्द्रित हुदै आगामी संबिधान सभाको निर्बाचन को सुनिष्चिता र ग्यारिण्टीको लागी भेटघाट भएको नेताहरु बताउछन् ।

 जिल्लामा पार्टीका केन्द्रिय सदस्यहरु क्षेत्र नं १ मा रामजिन यादव, क्षेत्र नं २मा दिलिप शाह, क्षेत्र नं ३ मा शिवचन्द्र कुसहवा, क्षेत्र नं ४ मा लिलामणी पोखरेल, क्षेत्र नं ५ बोधमाया यादव, क्षेत्र नं ६हरिनारायण चौधरी र क्षेत्र नं ७मा भरत शाह को नेतृत्वमा पार्टीले अभियान चलाइरहेको सो पार्टीका जिल्ला कार्यवाहक संयोजक यज्ञ पोखरेलले बताए । कार्यवाहक संयोजक पोखरेलका अनुसार सबै क्षेत्रमा पार्टीको गाउ नगर र बडाहरुमा बैठक सकीएको र पार्टी सदस्यहरु लाई आन्तिरीक प्रशिक्षण,भेला,अन्तरक्रिया, जवस मोर्चा अन्तक्रिया, बुद्दिजिबि,याइसिएल संग छलफल भैरहेको जनाउदै अव जनताहरुको घर दैलो सम्म पुग्ने कार्यक्रम रहेको बताए । “आगामी संबिधान सभाको निर्बाचनमा पहिचान शहिदको संघियता ,संघियता सहितको संबिधान ,संबिधान सभाको द्रोस्रो निर्बाचनका लागी जनसम्बन्ध अभियान” भन्ने मुल नाराकासाथ अगाडी एनेकपा माओबादीको अभियान जिल्लाका सबै क्षेत्रमा भैरहेको छ ।

 जिल्लाको क्षेत्र नं. २ मा गाबिस स्तरिय बैठक सकिएको जनाउदै क्षेत्रिय संयोजक चोपलाल आर्चायले भने क्षेत्रका गाबिसका बगाह, बसन्तपुर, हाटिबनगाई, मैनिहवा र सिद्धार्थनगर नगरपालीकामा अभियानलाई केन्द्रको नियर्णलाई जनस्तरका लागुगर्दै मतदानमा केन्द्र प्रतिनिधि छनोट, प्रचार प्रसार समिति निर्माण गरेको छ । अभियानमा जिल्लाको क्षेत्र नं ७ मा कमरिहवा,जोकडा,मसीना गाबिस स्तरिय बैठक भैसकेको र क्षेत्रिय भेला चलिरहेको राज्य समिति सदस्य मकसुद अलिले जनाए । क्षेत्रिय भेलाले जवस मोर्चाको गठन,याइसिएलको गठन,जेपि मिश्राको अध्यक्षतामा आर्थिक समिति र पुरन यादवको अध्यक्षतामा चुनाव प्रचार प्रसार समिति समेत गठन गरेको राज्य समिति सदस्य अलिले जानाकारी दिए । जिल्लामा १५ गते साउन बाट सुरु भएको अभियान १० भदौ सम्म चल्लने जनाएको छ।

 अभियान सकिए पछि निर्बाचन क्षेत्रको बिषयमा केन्द्रिय सदस्यल केन्द्रिय कमिटिको बैठकमा प्रतिबेदन पेश गर्नुका साथै आफ्नो जिम्मा पाएको निर्बाचन क्षेत्रका सम्भाबीत उम्मेदारको नाम समेत पेश गरिने जनाएको छ ।

0 comments

तपाईंको प्रतिकृया