Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
दुई सातादेखि बेपत्ता

कपिल ज्ञवाली  बुटवल १९ साउन   पाल्पा जिल्लाको रिङनेरह गाविस–१ तल्लाफाट घरभइ हाल बुटवल–१० सुख्खानगर बस्ने २१ वर्षीय निरज आचार्य दुई सातादेखि बेपत्ता भएको भन्दै परिवारले खोजी गरिदिन अधिकारकर्मीहरुसित आग्रह गरेको छ ।

 बुटवल –१३ स्थित लुम्बिनी वाणिज्य क्याम्पस मा बीबीएस तेस्रंो वर्षमा अध्ययनरत् आचार्य डेराबाटै गत साउन ८ गते बेपत्ता भएको र हालसम्म पनि सम्पर्कमा नआएको उनका बाबु केशब आचार्यले बताउनु भएको छ । उहांले राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कर्यालय बुटवल, अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० रुपन्देही, मानवअधिकार तथा शान्ति समाज, रुपन्देही तथा जवाफदेहीता निगरानी समिति रुपन्देहीका साथै बिभिन्न संचार माध्यम समक्ष छोराको खोजी कार्यमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।

उहाँले अहिले सम्म थाहा पाए अनुसार छोराको नियत गलत नभएको तथा पढाइमा लगनशील भएको र साथीहरु पनि त्यस्तो खराब ब्यबहार र नियतका नभएको बताउनु भएको छ ।

0 comments

तपाईंको प्रतिकृया