Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
फोरम र संघीय समाजवादी पार्टीले चुनावमा भाग लिने: सापकोटा

काठमाडौं,२६ साउन- एकीकृत नेकपा माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले उपेन्द्र यादवको मधेस जनअधिकार फोरम र असोक राइको संघीय समाजवादी पार्टीले चुनावमा भाग लिने बताएका छन् ।

उनले एमाओवादीले सबैलाई चुनावमा समेट्न चाहेको भन्दै मोहन वैद्य नेतृत्वको माओवादीलाई पनि चुनावमा भाग लिन आग्रह गरे । ‘हामी सबैलाई समेटेर चुनावमा जान चाहन्छौं ।’ पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता सापकोटाले भने, ‘उपेन्द्र यादव र अशोक राईहरुको पार्टीले चुनावमा जान चाहेका छन् । उहाँहरुसँग यादव र राईसँग अध्यक्ष प्रचण्डले छलफल गरिसक्नु भएको छ ।’ उनले माओवादी पार्टीले चुनाव बिथोल्न नसक्ने दाबी समेत गरे ।

उनले माओवादी चुनावमा सहभागि नभएपनि चुनाव भएरै छाड्ने बताए । माओवादीलाई चुनावी प्रक्रियामा ल्याउन अधिकतम प्रयास भइरहेको भन्दै उनले केही दिनभित्रै सहमति हुने विस्वास समेत व्यक्त गरे । चुनावको तयारीमा सरकार, आयोग, सुरक्षा निकाय लागिसकेको र अन्तरराष्ट्रिय समुदायको पनि समर्थन रहेकाले माओवादीले भनेजस्तो चुनाव बिथोल्न नसक्ने सापकोटाको बताए। उनले आवश्यक परे चुनावमा नेपाली सेना समेत परिचालन गरिने बताए । उनले वैद्यहरुले साँच्चिकै आफूलाई राष्ट्रवादी प्रमाणित गर्न चाहन्छन् भने चुनावमा भाग लिएर देखाउन समेत चुनौति दिए । सापकोटाले माओवादीलाई चुनावमा आउन नदिने खेलमा प्रचण्ड लागिरहेको भन्ने आरोपको खण्डन समेत गरे । 

0 comments

तपाईंको प्रतिकृया