Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
पाल्पामा घर भत्किएर १ को मृत्यु, ३ घाईते

पाल्पा २८ साउन ।
रातभर परेको बर्षाको कारण पाल्पामा घर भत्किएर १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।

उत्तरी पाल्पाको चापपानी गाविस वडा नं. ८ गोपाल्दीका २६ बर्षिय नेत्र बहादुर रानाको घर भत्किदा घटनास्थमै मृत्यु भएको हो भने बुवा कुल बहादुर राना, आमा तुलीसरा राना र १ जना वालिका घाईते भएका छन । घाईतेको मिसन अस्पतालमा उपचार भईरहेको छ ।
पुरानो घर भएको र हिजो दिउसो देखी नै चर्किएपनि वेवास्ता गरी घरमै बसेको कारण घटना घटेको गाउलेहरुले बताएका छन ।

घर भत्किएको खवर पाएपछि जिल्ला बाट प्रहरी र नेपाली सेनाका साथै स्थानीयवासीले उद्धार गरेका थिए ।

0 comments

तपाईंको प्रतिकृया