रातो प्लेटले यात्रु ओसारेपछि ट्याक्सी ब्यबसायि छड्के चेकिङमा
कपिल ज्ञवाली बुटवल, १९ साउन ।
प्रहरीले रातो प्लेटका सवारीलाई खुलेआम यात्रु ओर्सादा पनि कारबाहि नगरेपछि रुपन्देहीका ब्यबसायिले आफै चेकिङ थालेका छन् । रातो प्लेटका सवारीले गैरकानुनी रुपमा आफ्ना यात्रु बोकेर हैरानी भएको भन्दै ब्यबसायिहरु बिगत ५ दिनदेखि प्रहरीसंग समन्वय गरि संगै छड्के चेकिङमा बस्न थालेका हुन् ।
लामो समयदेखि यहि समस्यामा परेका कालो प्लेटका ब्यबसायिहरु प्रहरीले आफुहरुको समस्या हल गर्न नसकेको भन्दै बुटवल पूर्ब रहेको बुटवल धागो कारखाना,पश्चिम जितगढि ,सिद्धबाबा तथा मंगलपुर गरि ४ स्थानमा छड्के चेकिङमा बस्ने गरेका छन् । ‘रातो प्लेटको हैरानी कति सहने ?’लुम्बिनी ट्याक्सि तथा भ्यान ब्यबसायि संघका कार्यबाहक अध्यक्ष राजु गुरुङ भन्छन्—‘हाम्रै आंखा अगाडि रातो प्लेटवालाले यात्रु ओसार्छन्,उनले थपे प्रहरीलाइ खबर ग¥यो प्रहरीले केहि गर्न सक्दैन् ।’ उनले प्रतिप्रश्न गरे ‘रातो प्लेटवालालाइ राज्यको नियम लाग्दैन र ?’ ब्यबसायिको पहलमा पछिल्लो ५ दिनमा १० वटा निजी प्रयोजनका लागि खरिद गरिएका रातो प्लेटका गाडि कारबाहिमा परेका छन् । चेकिङमा पालैपालो ७ जना ब्यबसायि र केहि प्रहरी बस्छन् । प्रहरी निजी प्रयोजनका कार÷भ्यानहरुले भाडामा यात्रु बोकेको भेटाएपछि प्रहरी पनि कारबाहिको लागि तत्पर देखिएको छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले गैरकानुनीरुपमा रातो प्लेटका कार भ्यानले भाडामा यात्रु बोक्न थालेपछि जनही १ हजार नगद सहित रसिद काटेर उनीहरुलाई कारवाही गरेको हो ।
ट्राफिक प्रहरीले विगत ५ दिनयता बा ३ च ५७७०, लु १ च ४०२४,ग १ च ७३३४,बा ५ च ३९५८,लु १ च ४९६३,लु १ च ४०४२,लु १ च २५८५,बा ५ च ३५६२, लु १ च २४०५,लु १ च ३३१ नम्बर लगायतका गाडीहरुलाई भाडामा यात्रु बोकेको फेला पारेपछि जरिवाना स्परुप रु १ हजार तिराएर कारवाही गरेको हो । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलमा हालै सरुवा भई आएका कार्यालय प्रमुख एसपी शुशिलकुमार यादवले भने ‘ गैरकानुनी काम गर्ने अधिकार कसैलाइ छैन,त्यस्तो भेटिए कारबाहि हुन्छ’ ।उनले निजी प्रयोजनका लागि आयात गरिएका कार भ्यानले कानुन विपरित भाडामा यात्रु बोक्ने काम गर्न नपाउने बताउदै त्यस्तो गैरकानुनी काम रोक्न सुझाव दिए ।
लुम्बिनी ट्याक्सी तथा भ्यान व्यावसायी संघले पनि रातो प्लेटका कार÷भ्यानका कारण आफुहरुको रोजीरोटी संकटमा परेको गुनासो गरेका छन् । संघका सचिव विष्णु काफ्लेले आफुहरुले भाडामा चलाउने भनेर राज्यलाई सोही अनुसार कर बुझाएर गाडी खरिद गरेकोले आफुहरुले यात्रु बोक्न पाउनुपर्नेमा निजी प्रयोजनका गाडीले यात्रु बोकेर आफुहरुलाई मर्कामा पारेको गुनासो गरे । निजी प्रयोजनका लागि खरिद गरिएका रातो प्लेटका गाडीले भाडा लिएर कुनै पनि यात्रुलाई ओसारपसार गर्न नपाउने नियम छ । तर बुटवलमा मात्रै करिब ९० वटा निजी प्रयोजनका रातो प्लेटका कार भ्यानले भाडामा यात्रु बोकेर आफ्नो व्यवसाय धरापमा पारिदिएको लुम्बिनी ट्याक्सी तथा भ्यान व्यावसायी संघका सचिव काफ्लेले दैनिक लुम्बिनी संग गुनासो गरे ।
रातो प्लेटका कार भ्यानमा यात्रा गर्ने यात्रुहरुको वीमा पनि नहुने,ट्राफिक चेकजांचको झन्झटमा पर्नुपर्ने र चेकजांजमा फेला परेपछि अर्को गाडी खोजेर यात्रा गर्नुपर्ने भएकाले भनेको समयमा गन्तव्यमा पुग्न नसकिने लुम्बिनी ट्याक्सी तथा भ्यान व्यावसायी संघका सदस्य अमर कार्की बताउछन् । कार्की भन्छन्—‘रातो प्लेटको समस्याले हामी सबै ब्यबसायिको आम्दानी पनि घटाएको छ । ’

0 comments
तपाईंको प्रतिकृया