Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
निर्वाचन मिति परिवर्तनका विषयमा आयोगले कुनै संझौता नगर्ने

काठमाण्डौ ११ भाद्र । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती निर्वाचनको मिति परिवर्तनका विषयमा आयोगले कुनै संझौता नगर्ने बताउनुभएको छ। चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै प्रमुख आयुक्त उप्रेतीले १ करोड २५ लाख मतदाताको मताधिकारलाई सुनिश्चित गर्न तोकिएकै मितिमा निर्वाचन हुने बताउनुभयो।

उहांले असहमतिका विषयलाई सुल्झाएर जाने दायित्व दलहरुको भएकोले मिति परिवर्तनमा निर्वाचन आयोगले कुनै सम्झौता गर्न नसक्ने स्पष्ट पार्नुभयो। उहाले असन्तुष्ट दलहरु अन्तिम समयसम्म सहमतिमा आउने विश्वास व्यक्त गर्नुभयो। असन्तुष्ट ३३ दलका माग आयोगसँग भन्दा ४ दल र सरकारसँग सम्बन्धित भएको उहांको भनाइ थियो।

उहाले मतदाता नामावली संकलनको म्याद थप्न पनि अब संभव नभएको स्पष्ट पार्नुभयो।

0 comments

तपाईंको प्रतिकृया