चार दलले वार्ताका नाममा नाटक मात्र गरे: भुसाल
काठमाण्डौ २४ साउन । नेकपा–माओवादीकी प्रवक्ता पम्फा भुसालले चार दलले वार्ताका नाममा नाटकमात्र गरेको आरोप लगाउनु भएको छ।आज काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रवक्ता भुसालले ३३ दलीय मोर्चा इमान्दारिताका साथ वार्तामा प्रस्तुत भएपनि चारदलले भने वार्ता सफल होस् भन्ने नै नचाहेको आरोप लगाउनु भएको हो। प्रवक्ता भुसालले ३३ दलको मोर्चालाई असन्तुष्ट भनिएकोप्रति आपत्ति जनाउनुभयो।
सोही कार्यक्रममा जनमोर्चा नेपालका महासचिव साध्यबहादुर भण्डारीले भारतको रणनीतिक उद्देश्य पूरा गर्न मात्रै चुनाव गराउन लागिएको आरोप लगाउनुभयो।

0 comments
तपाईंको प्रतिकृया