Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बैद्य माओबादी लगाएतका दलले चुनाबमा भाग लिने ग्यारेन्टी गरे चुनाब मिती सार्न सकिने

काठमाण्डौ २० साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आन्दोलनरत नेकपा–माओबादीले निर्वाचनमा भाग लिने ग्यारेन्टी भए चुनाबको मिति सार्नेबारे सोच्न सकिने बताउनु भएको छ।

प्रेस चौतारी पर्सा शाखाले गरेको पत्रकार सम्मेलनका बोल्दै नेता नेपालले नेकपा–माओवादी चुनावमा आउने ग्यारेन्टी नभएकाले चुनावको मिति सार्ने कुरा वाहियात भएको बताउनुभयो। नेता नेपालले एकता, बहुजातिय साझा पहिचान सहितको संघीयता आफनो पार्टीको प्रमुख एजेण्डा भएको बताउनुभयो।

सुशान र बिकासको प्रत्याभुती दिने संविधान निर्माणमा आफू लागेेको उहाँले बताउनुभयो। एक अर्को प्रसङ्गमा नेता नेपालले पूर्वराजालाइ राजनीति गर्ने मन भए दल खोलेर आउन सुझाव दिनुभयो।

0 comments

तपाईंको प्रतिकृया