मंसिर ४ मा चुनाब हुनै सक्दैन : गजुरेल
जनकपुर ३ भाद्र । नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले यथास्थितिमा आगामी मंसिर ४ गते कुनै पनि हालतमा निर्वाचन नहुने ठोकुवा गर्नुभएको छ।
जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष गजुरेलले यथास्थितिमा निर्वाचनमा नहुने र निर्वाचनमा जानु निरंकुशतालाई समर्थन गर्नु सरह भएको दाबी गर्दै आफूहरु निर्वाचनमा सहभागी नहुने बताउनुभयो। उहांले प्रमुख चार दल र सरकार सार्थक संविधानसभाको पक्षमा नउभिए आफूहरु वैकल्पिक माध्यमबाट संविधान निर्माणको दिशामा लाग्ने चेतावनी दिनुभयो।
उपाध्यक्ष गजुरेलले निर्वाचन लोकतन्त्रको पहरेदार रहेपनि त्यो प्राविधिक मात्र नभई राजनीतिक कुरासमेत भएकाले निर्वाचन बहिष्कारको पक्षमा उभिनुपरेको दाबी गर्नुभयो।

0 comments
तपाईंको प्रतिकृया