ठेला ब्यबसायिद्वारा बिरोध जुलुस सहित ज्ञापन पत्र
कपिल ज्ञवाली बुटवल,२३ साउन । सडक किनारमा व्यवसाय गर्दै आएका ठेला व्यवसायीले बुटवल नगरपालिका र क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयलाई बुटवलमा ज्ञापन पत्र बुझाएका छन् ।
बुटवलको नया बसपार्कबाट निस्किएको बिरोध ¥यालीपछि ब्यबसायिले आज नगरपालिकाका कार्यकारी अधिकृत बाबुराम गौतम र क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक चर्तुभुज ओझालाइ माग सम्बोधनका लागि ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउदै ठेला व्यवसायी संघ रुपन्देहीका संयोजक मोतिलाल कडेंलले माग सम्बोधन गरि रोजीरोटीको ज्ञारेन्टी गर्न आग्रह गर्नुभयो ।
ज्ञापनपत्र बुझ्दै सम्बन्धित अधिकारीहरुले माग प्रति सकारात्मक रहेको बताएका थिए । ब्यबसायिले बुटवल नगर क्षेत्र भित्रको कूनै पनि उपयोग विहिन ठाउंमा ठेला व्यवसाय गर्न पाउनुपर्ने माग गरेका छन् । ठेलागाडाहरु सडकको एक साईडमा निर्वाध रुपमा गुडाउन पाउनुपर्ने, ठेला व्यवसायीलाई हेरीने दृष्टीकोणमा सुधार्नुपर्ने र नगर क्षेत्रभित्र हुने सरसफाईमा सहभागिता गराईनु पर्ने लगायतका माग समेत गरेका छन् । ब्यबसायिको ¥याली बसपार्क ,अमरपथ,हाटबजार,ट्रापिलकचोक हुदै नयाबसपार्कमा आएर कोषसभामा परिणत भएको थियो ।

0 comments
तपाईंको प्रतिकृया