नेपथ्यको ऐतिहासीक कन्सर्ट वेम्बली ऐरिनामा
अमृत गुरुङ भोकलिस्ट रहेको ब्याण्डले शनिबार विश्व विख्यात वेम्बली एरेनामा कन्सर्ट गरेको हो। म्युजिक फर युनिटीको नारा लिएर सांगीतिक यात्रामा निस्कीएको नेपथ्यले वेम्बलीमा साढे २ घण्टा नेपाली गीत संगीत घन्कायो।
लन्डनको ओटु एरेनापछि दोस्रो ठूलो इण्डोर ऐरेना मानिने वेम्बली ऐरिनामा अमृतले नेपाली संगीतीक शान पस्कदा वेलायत तथा युरोपका विभिन्न देशबाट आएका नेपाली दर्शक खचाखच थिए। करिब ७ हजार दर्शकबीच अमृतले छेक्यो छेक्या देउराली डाँडा, तालको पानी आकाशैबाट के उडी आयो भेडाको ऊन जस्तो, भेडाको ऊन जस्तो मायाको फोटो मै खिची लान्छ पूर्णेको जुन जस्तो जेपालीको मन मस्तिष्कमा पर्न सफल गीत प्रस्तुत गरेका थिए।
वेम्बलीमा बिटल्स्, स्याडोज्, पप समूह दि होलिज, ब्रिटिश महिलाहरुको सांगीतिक समूह स्पाइस गर्ल्सदेखि इङलिस रक व्याण्ड रोलिङ स्टोन्स्, जस्ता विश्व विख्यात व्याण्डहरुले प्रस्तुती भरि सकेका छन्। नेपाली संगीतीक क्षेत्रमा नेपथ्य विगत २२ वर्षदेखि निरन्तर सक्रिय लागि पर्दै लोक, आधुनिक तथा रक टाइपका गीतले सबै वर्ग समेटेको छ। नेपथ्यले भारतको सिक्किमदेखि अस्ट्रेलियाको सिड्नी, इजरायल, हङकङ, दक्षिण कोरिया, अमेरिका, फिनल्यान्ड, हल्यान्ड, बेल्जियम लगायत मुलुकमा संगीतका मार्फत आफ्नो देशको पहिचान प्रस्तुत गरिसकेको छ।
हालसम्म नेपथ्यका नेपथ्य, हिमाल चुचुरे,मिन पचास,श्रृंगार, रेशम, भेडाको ऊन जस्तो, घट्ना,मेरो देश, ऐना झ्याल गरि ९ वटा एल्वम बजारमा ल्याइसकेको छ।

0 comments
तपाईंको प्रतिकृया