Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
रुपन्देहीको मानपकडीमा बालुवा तस्कर र प्रहरीवीच झडप

कपिल ज्ञवाली,  बुटवल २ भदौ । रुपन्देहीको मानपकडीमा बालुवा तस्कर र प्रहरीवीच झडप प्रहरी सहित १० जना घाईते भएका छन । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने ईन्गुरीया नदि किनार बाट नदि जन्य पदार्थ उत्खनन गरी अवैध रुपमा बिक्री गर्ने समुहलाई रोक्ने प्रयास गर्दा उक्त घटना भएको हो ।

मानपकडी गाबिस वडा नं २ बेलवा नजिकै ईन्गुरीया नदिमा अवैध रुपमा बालुवा उत्खनन गरी रहेको सुचनाका आधारमा त्यहा पुगेको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिने प्रयास गरेपछि वालुवा उत्खनन गरी रहेको समुहले आक्रमण गरेको थियो ।आक्रमणकारीहरु १५ वटा भन्दा बढी टेक्टरमा रहको र उनिहरुलाई स्थानीय केहीले साथ दिएको प्रहरीले जनाएको छ । आक्रमणकारीले प्रहरी माथी इटा ढुंगा प्रहार गरेका थिए ।

 झडपमा परी इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक प्रेम थापा सहित ७ प्रहरी घाईते भएका छन । घाईते प्रहरी निरीक्षक थापाको अबस्था गम्भिर रहेको छ । घटनमा ३ जना ससस्त्र प्रहरी जवान समेत घाईते छन् । स्थीती नियन्त्रण भन्दा बाहीर गए पछि थप मद्दतका लागी पुगेको ईलाका प्रहरी कार्यालय दयानगर र तथा ससस्त्र प्रहरी बलले समेत बल प्रयोग गरेको थियो ।स्थीती नियन्त्रणमा लिन प्रहरीले सुरक्षाका लागी १० राउण्ड भन्दा बढी हवाइफायर गरीएको रुपन्देही जिल्ला प्रहरी प्रमुख बिक्रम सिंह थापाले बताउनु भयो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३ वटा टेक्टर ५ वटा मोटर साईकल सहित केही साईकल र १५ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनमा सँम्लग्न अन्यको खोजि भैरहेको र पक्राउ परेकाहरुलाई अनुसंधान पछि कानुनी कार्वाही गरीने प्रहरी प्रमुख थापाले बताउनु भयो । प्रहरी प्रमुख थापाले जिल्ला बिकास समिती रुपन्देहीले जिल्लाका कुनै पनि नदि वा खोला बाट असौज १५ अगाडी बातवरणीय प्रभाव मुल्याङ्गकन बिना नदि जन्य पदार्थ उत्खनन गर्न नपाईने नियम जारी गरेको र त्यसलाइृ पालना गराउने सम्वन्धमा कुनै कसर बाकी नराखिने बताउनु भयो ।

0 comments

तपाईंको प्रतिकृया